काठमाडौं– नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
बिहीबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले सीमित घराना र उद्योगीहरुलाई फाइदा पुगोस् भन्ने हिसावले प्रतिस्थापन विधेयक ल्याउनु नहुने धारणा राखे।
उनले समितिले निर्देशन दिँदै जाने सरकारले हामीलाई नटेर्ने हो भने समितिमा भएको छलफलको औचित्य नहुने जिकिर गरे।
बिहीबार समितिमा फालामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र विलेट्स बीच भन्सार महशुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिको मिति २०७०/३/६ गतेको निर्णय कार्यान्वयन सम्बन्धमा छलफल भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।