काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सिंहदरबारको पहुँच बाहिरका नागरिकले सधैँ असुरक्षित रहनुपर्ने हो? भन्दै प्रश्न गरेका छन्।
बिहीबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। उनले जनताले बनाएका संरचनाहरुमा प्रयोग हुने छडजन्य सामग्रीहरुको गुणस्तर मापन हुन नसकेको बताए।
सरकारले बनाउने संरचनामा गुणस्तर पास नभएका सामग्रीहरु नागरिकहरुले संरचना बनाउँदै प्रयोग भइरहेकोबारे सरकारको ध्यानाकर्षण गराए। उनले जनतालाई गुणस्तरहीन सामग्रीहरु बेच्नेकुरा सरकार बिहीन जस्तो अनुभूति भएको भन्दै आक्रोश पोखे।
उनले सिंहदरबार सबै सुरक्षित बाहिर सबै असुरक्षितको स्थिति आएको पनि बताए। गुणस्तरहीन सामग्रीहरुको प्रयोग बन्द गर्न आवश्यक रहेको उनको भनाइ थियो।
उनले नेपालमा आइ काम गरिसकेपछि मजदुरहरुलाई राज्यले गर्ने व्यवहारले दूरगामी असर पर्ने भन्दै सोबारेमा पनि आवश्यक ध्यान दिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।