काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन संयुक्त रुपमा नबुझे नेपालले निर्णय लिनुपर्ने अवस्था आउने बताएका छन्।
बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन सहमतिमै बुझ्नेगरी आन्तरिक गृहकार्य चलिरहेको जानकारी दिए।
उनले दुवै देशको सहमतिमा प्रतिवेदन बुझ्ने अवस्था नभए नेपालले आफ्नो निर्णय गर्ने बताए। त्यस्तै, प्रधानमन्त्री प्रचण्डले गोर्खा भर्तीको समस्या समाधानका लागि ब्रिटिश सरकारसँग कुराकानी भइरहेको जानकारी दिँदै समस्या समाधानको अन्तिम चरणमा रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।