काठमाडौं- नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। बुधबार सकिएको स्थायी समिति बैठकले सो निर्णय गरेको हो।
'हाम्रोतर्फबाट पनि उम्मेदवारी दिने भन्ने निर्णय भएको छ', माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकपछि पत्रकारहरूसँग भने।
राष्ट्रिय सभाको अध्यक्षमा गठबन्धनभित्रका मुख्य दुई दल कांग्रेस र माओवादी केन्द्रको तर्फबाट दाबी व्यक्त गरिरहेका छन्। तर अध्यक्षकै कारण गठबन्धनमा तात्विक फरक नपर्ने सापकोटाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।