काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक क्षेत्रलाई चोख्याउने काममा लागेको बताएका छन्। मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले नेताहरुलाई उन्मुक्ति दिने तर कर्मचारीलाई थुनेर भय सिर्जना गर्ने काम बन्द गर्न आग्रह गरे। उनले अनियमितता गरेको भए सबैलाई समान कारबाही गर्ने ल्याकत राख्न आवश्यक रहेको बताए।
उनले पछिल्लो समय राजनीतिक दलहरुलाई उन्मुक्ति दिने र कर्मचारीलाई थुन्ने परिपाटीले नागरिकलाई दिने सेवा सुविधानमा झनै ढिलासुस्ती हुन थालेको बताए। उनले टेरामक्स प्रविधिमा झन्डै एक खर्ब राजश्व हिनामिना भएको भनिए पनि अहिलेसम्म कुनै ठोस निर्णय हुन नसकेको प्रति गुनासो गरे।
उनले दोषीलाई कानुनको दायरामा ल्याउन अख्तियारलाई केले रोकेको हो? भन्दै प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।