काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष छाड्न नहुने धारणा राखेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरूले त्यसमा जोड दिएको उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
‘हाम्रो पार्टीका तर्फबाट राष्ट्रिय सभा अध्यक्षको अडान लिनुपर्छ भन्ने अधिकांश स्थायी समिति सदस्यहरूको भनाइ आएको छ। त्यसको अन्तिम निर्णय भोलि नै हुन्छ’, उनले भने, ‘तर अधिकांशले राष्ट्रिय सभाको अध्यक्ष छोड्न हुन्न भन्ने खालको मत राख्नुभएको छ।’
बैठकमा समसामयिक राजनीतिक विषयमा धारणा राखिएको थियो। स्थायी समिति बैठक भोलि बिहान साढे ८ बजे पुनः बस्ने सापकोटाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।