काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन्।
मंगलबार मन्त्रालयमा स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्री र मन्त्रालयको कारण कर्मचारीहरुले दुःख पाइरहेको गुनासो आएपछि कर्मचारी र प्रशासनतन्त्रले गरेका विकृति र विसंगतिहरुबारे आफू सबैमा जानकार रहेको बताए।
उनले चिकित्कसहरुलाई विकट क्षेत्रमा सेवा पुर्याउन पठाउँदा आफूमाथि पक्षपात गरेको आरोप लागेको उल्ले खगरे। उनले कर्मचारीहरुले भनेका मानिसहरुलाई पठाए मात्रै पक्षपात नहुने हो? भन्दै प्रश्नसमेत गरे। सरुवा गर्न लाग्नुपूर्व नै शीर्ष नेतृत्वको घरमा पुगेर रोक्न लगाउने गरेको उनको आरोप थियो।
मन्त्री बस्नेतले भने, ‘यहाँ पक्षपातका कुरा उठे। कसले के पक्षपात गरेको छ। आफूले पाए पक्ष हुने नपाए पात हुने त हो नि। यो मन्त्रालय राफसाफ गर्न दुई वर्ष लाग्छ। अहिले केही हदसम्म भएको छ।’
उनले अस्पतालका स्वास्थ्य सामग्री टेण्डर गरेर ल्याउनुपर्छ भन्दा कर्मचारीहरुले अस्पतालमा तालाबन्दी गर्ने गरेको पनि बताए। मन्त्री बस्नेतले सबैभन्दा पहिला कर्मचारीतन्त्र नै सुध्रिनुपर्ने आवश्यकता रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।