काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनाल र राजदूत सोङबीच मंगलबार बिहान खनाल निवास डल्लुमा शिष्टाचार भेटघाट भएको हो।
भेटमा विदेश विभाग सचिव डा शंकर खतिवडा पनि सहभागी थिए। भेटमा समसामयिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।