काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक मंगलबार बस्दैछ। बैठक अहिले बिहान साढे आठ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ। नेताहरूको कार्यविभाजनका लागि स्थायी कमिटी बैठक बस्न लागेको प्रवक्ता अग्नी सापकोटाले बताएका छन्।
अस्ति आइतबार बसेको पदाधिकारीको अनौपचारिक बैठकले आजको लागि स्थायी समिति बैठक तय गरेको हो। आइतबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका इञ्चार्ज लगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका थिए।
हालै विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्ष नेताको कार्यविभाजन तथा जनपरिचालन लगायत विषयमा नियमित छलफल गरिरहेको छ।
तराई-मधेस अभियान, उत्तर-दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।