काठमाडौं– संसद् भवनमा लघुवित्त पीडितहरु प्रवेश गरेर नारबाजी गरेको विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ।
प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।
उक्त समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य रहेका छन्।
सोमबार दिउँसो लघुवित्त पीडितहरु संसद् भवनको परिसरभित्र प्रवेश गरेर नाराबाजी गरेका थिए। संसद् भवन क्षेत्र वरपर कायम गरिएको निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त ऋणीलाई नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।