काठमाडौं- राप्रपाले आगामी बैठकबाट संसद् अवरोध गर्ने चेतावनी दिएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चेतावनी दिएका हुन्।
'सरकारले तीन वटा विषयमा- मिटरब्याज पीडितको विषयमा, लघुवित्त पीडितहरूको विषयमा र दुग्ध उत्पादक कृषकहरूको विषयमा- आउने बैठक भित्रमा ठोस सम्बोधन गरेन भने आउने बैठकबाट राप्रपाले संसद् अवरोध गर्छ', उनले भने।
लिङ्देनले आफूहरूलाई संख्याका कम भएको कारणले संसद्बाट निकालिन्छ भने निस्किन तयार रहेको बताए। 'तर यो समस्यामा राप्रपा संसद् र सडक दुवैतर्फ उभिन्छ', उनले भने।
सोमबारकै बैठकमा नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटाले पनि गृहमन्त्री, भौतिक मन्त्री र संस्कृति मन्त्रीको राजीनामा माग गरेका थिए। राजीनामा नदिए प्रधानमन्त्रीले उनीहरूलाई बर्खास्त गर्नुपर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।