• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

न्यायाधीश थपलिया र निरौलालाई बर्खास्त गर्ने निर्णय किन गरियो? यस्तो छ अभियोग 

64x64
नेपाल लाइभ आइतबार, फागुन १३, २०८०  २०:०१
1140x725

काठमाडौं- न्याय परिषद्‌को बैठकले लामो अनुसन्धानपछि उच्च अदालत र जिल्ला अदालतका एक/एक न्यायाधीशलाई पदबाट बर्खास्त गर्न सिफारिस गरेको छ। आइतबार बसेको परिषद्‌को बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेको हो। त्यस्तै परिषद्‌ले जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराएको छ। 

प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्‌को बैठकले उक्त निर्णय लिएको हो। उनीहरुमाथि लामो समयदेखि अनुसन्धान भइरहेको थियो।

विगतमा तत्कालीन प्रधानन्यायाधीश दीपककुमार कार्कीको समयमा केही न्यायाधीश कारबाहीमा परेका थिए। कार्कीकै समयदेखि न्यायाधीशहरुमाथि गम्भीर छानविन चलेको थियो। पछिल्लो समय तीन न्यायाधीशहरु थपलिया,निरौला र कोइराला छानविनमा थिए।

उनीहरुमाथि परेको उजुरी, उनीहरुले गरेका विवादित फैसला र अन्य विवरणहरुको अध्ययनपछि परिषद्‌ले दुई न्यायाधीशलाई बर्खास्त गर्ने र एकलाई सचेत गराउने निर्णय लिएको हो। अर्का न्यायाधीश पशुराम भट्टराई पनि छानबिनमा परेका थिए। उनले बीचमा राजीनामा दिएर उन्मुक्ति पाएका थिए। यसरी कारबाहीमा परेका न्यायाधीशहरुमाथि के आरोप थियो त? 

तीन न्यायाधीशमध्ये उच्च अदालतमा कानुन व्यवसायीबाट नियुक्ति पाएका नवराज थपलियाको लामो समयदेखि बिचौलियासँग संगत देखिएको थियो भने अम्बिका निरौलाले पटकपटक गलत फैसला गरी आर्थिक लाभ लिएको देखिएको थियो। जिल्ला न्यायाधीश राजकुमार कोइराला थुनामा रहेका व्यवसायी इच्छाराज तामाङको मुद्दामा कानुन व्यवसायीसँग घुसको डिलमा संलग्न भएका थिए। 

निरौला जसले अपहरणकारीलाई उन्मुक्ति दिए 
अपहरणकारीलाई नै सफाइ दिएपछि रेड जोनमा परे काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायधीश अम्बिकाप्रसाद निरौला।

पर्याप्त आधार र प्रमाण हुँदाहुँदै भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलका अपहरणकारी सोले र कुमार भनेर चिनिने दुर्गाबहादुर बुढाथोकीलाई न्यायाधीश निरौलाले उन्मुक्ति दिएका थिए। 

बुढाथोकीलाई नेपाली नागरिक नै नभएको भन्दै न्यायाधीश निरौलाले निर्दोष रहेको भन्दै फैसला गरेपछि उनी निकै विवादमा तानिएका थिए। पछि बुढाथोकी नेपाली नागरिक नै भएको भन्दै उनको नागरिकतासमेत प्रहरीले जुटाएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

अपहरणकारी अमर टण्डनको समूहले २०६५ सालमा रावललाई अपहरण गरी महाराजगञ्जस्थित एउटा घरमा बन्धक बनाएको थियो। उक्त घटनमा संलग्न रही फरार भएर भारत दार्जिलिङ बस्दै आएका बुढाथोकीलाई २०७७ पुसमा सीआईबीले पक्राउ गरी काठमाडौं ल्याएको थियो। त्यसपछि बुढाथोकीविरुद्ध अपहरणमा मुद्दा चलाइएको थियो। 

उक्त मुद्दाको फैसला गर्दै न्यायाधीश निरौलाले बुढाथोकी नेपाली नागरिक नै नभएको र प्रहरीले दाबी गरेको अपहरणको घटनामा संलग्न भएको भन्दै उन्मुक्ति दिएका थिए। त्यसपछि विवादमा आएका उनलाई सर्वोच्च तानेर न्याय परिषद्‌ले छानबिन गरिरहेको थियो।

थपलिया बिचौलियासँग साँठगाँठसँगै न्यायिक विचलन 
न्यायाधीश थपलिया तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटामा नियुक्त भएका थिए। उनले लामो समय राणाकै लागि रकम उठाउने ठेक्का नै लिएको आरोप न्यायिक वृत्तमा लाग्ने गरेको थियो।

थपलियाले उच्च र जिल्लामा सुनुवाइ हुने मुद्दामा समग्र डिल गरी राणाको नाममा पैसा उठाउने गरेको उजुरी पनि न्याय परिषद्‌मा परेको थियो। तर परिषद्‌को अध्यक्ष पनि राणा भएकाले उनीमाथि कारबाही हुने गरेको थिए। राणामाथि महाअभियोग लागेपछि थपलियामाथि परिषद्‌ले निरगरानी सुरु गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पछिल्लो समय थपलिया उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत थिए। परिषद् स्रोतका अनुसार थपलियालाई निलम्वन गरी न्याय परिषद् ऐन, २०७३ को दफा ११ अनुरुप खराब आचारण र दफा २२ अनुरुप भ्रष्टाचारमा काराबाही चलाउने उपयुक्त हुने परिषद्‌ले ठहर गरेको छ।

निलम्वनपछि उनीविरुद्ध भ्रष्टाचारमा उच्च अदालतमा मुद्दा चल्न सक्ने देखिन्छ। राणा प्रधान न्यायाधीश भएका बेला विचाराधीन मुद्दाका झगडियासँग ‘सेटिङ’ गरेको उजुरीमा केही समय अघि छानविनमा तानेर अनुसन्धान थालिएको थियो। 

यसअघि न्याय परिषद्‌ले उनीमाथि छानविनका लागि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो। श्रेष्ठ प्रतिवेदनमा टेकेर थपलियालाई जिम्मेवारीविहीन बनाउँदै न्याय परिषद्‌मा काजमा राखिएको थियो।

यसैबिच थपलियालाई न्याय परिषद् ऐन, २०७३ को दफा २१ बमोजिम सफाइ पेस मौका दिइएको थियो। परिषद्‌ले उनको कार्यक्षमता, आचरण र कर्तव्य पालनामा प्रश्न उठाउँदै सुरुमा स्पष्टीकरण पेस गर्न भनेको थियो।
स्पष्टीकरण चित्तबुझ्दो नदेखिएपछि पुनः एकपल्ट सुनुवाइको मौका प्रदान गरिएको थियो। 

तत्कालीन प्रधानन्यायाधीश राणाको निगाहमा थपलिया आफू भन्दा सिनियर वकिललाई चकित पार्दै उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। परिषद्‌मा परेको उजुरीमा थपलियाले चोलेन्द्र शमशेरका भाइ प्रभु शमशेर राणालगायत मुद्दाका पक्ष-विपक्षसँग गोप्य साँठगाँठ गरेको गम्भीर आरोप थियो।

विचाराधीन मुद्दाका झगडियासँग भेटेर ठूल्ठूलो रकम असुलेको अडियो समेत परिषद्‌मा पुगेको थियो। थपलिया नेपाल ल क्याम्पस स्ववियूका पूर्वसभापति हुन्। राणाले जुनियर थपलियालाई न्यायाधीश बनाउँदै सेटिङमा पैसा उठाएको आरोप नेपाल बारले आफ्नो आन्दोलनको समयमा पनि लगाएको थियो। परिषद्‌को कारबाहीले उक्त आरोप पुष्टि गरेको छ।  

नेपाल बार एसोसिएसनले २०७९ भदौ १२ गते संसद्‌को महाभियोग समितिलाई तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणामाथि छानविनका लागि बुझाएको ३४ बुँदे पत्रमा समेत थपलिया र राणाबीचको सम्बन्धमा समेत प्रश्न उठाइएको थियो। 

कोइराला इच्छाराज तामाङको मुद्दामा १० करोड घुसको डिलमा संलग्न  
व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि रेड जोनमा परेका थिए न्यायाधीश राजकुमार कोइराला। 

न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो मंगलबार राति प्रसारण गरेको छ।
सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताको निक्षेप (बचत रकम) हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका इच्छाराज तामाङसहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच कुराकानी भएको हो। 

न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच भएको टेलिफोन कुराकानीको अडियोमा पोखरेलले कोइरालालाई १० करोड धरौटी माग गरी इच्छाराजलाई रिहा गर्ने आदेश जारी गर्न अफर गरेको सुनिन्छ। त्यसबापत २ करोड पाउने पोखरेलले अडियोमा बताएका छन्। 

यो अडियो सार्वजनिक भएपछि विवादमा तानिएका न्यायाधीश कोइरालालाई सर्वोच्च तानेर छानबिन प्रक्रिया अघि बढाएको थियो। 

न्यायाधीश कोइरालामाथि न्याय परिषद् ऐनको दफा १९ बमोजिम छानबिनका लागि न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा उच्च अदालत पाटनका न्यायाधीश महेश पौडेल र महेश शर्मा थिए। समितिले दिएको प्रतिवेदन लामो समय परिषद्‌मा थन्किएर बसेको थियो।

उनी प्रत्यक्ष रुपमा घुस लिन संलग्न नभएको तर कुराकानी गर्नु न्यायाधीशको आचारसंहिता विपरित भएकाले सचेत गराउनुपर्ने भनि समितिले सिफारिस गरेको थियो। उनलाई एक पटकलाई सचेत मात्र गराइएको छ।

यो पनि पढ्नुहोस

‘रेड जोन’मा रहेका पाँच न्यायाधीश : १० करोड घुस डिल गर्नेदेखि सरकारी जग्गा व्यक्तिलाई दिलाउनेसम्म 

यो पनि पढ्नुहोस

‘एक्सन’ मा कामु प्रधानन्यायाधीश कार्की, भटाभट बर्खास्त हुँदै न्यायाधीश 

 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  २०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्