काठमाडौं- सत्तारुढ नेकपा (माओवादी केन्द्र) पार्टी नेताहरुको कार्य विभाजनका लागि आन्तरिक छलफलमा जुटेको छ। आइतबार अपराह्न पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा बदलिँदो परिस्थितिअनुसार पार्टीका प्रदेश इन्जार्च र विभागहरुको कार्य विभाजन गर्ने विषयमा छलफल प्रारम्भिक गरिएको हो।
विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढंगले कार्य सम्पादन हुने गरी नेताहरुको कार्य विभाजन गर्ने विषयमा छलफल गरिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुको कार्य विभाजन र पार्टीको चैत १ गतेबाट सुरु हुने तराई-मधेस जागरण अभियान, पूर्वपश्चिम, उत्तरदक्षिणका अभियान, प्रदेशमा आफ्नो सापेक्षतामा अभियानहरु सञ्चालनका लागि मार्ग चित्र बनाउन पनि नेताहरुलाई निर्देशन दिएका थिए।
नेताहरुको कार्य विभाजन र पार्टीको आगामी योजना तथा कार्यक्रमको बारेमा गृहकार्य गर्न पनि पार्टीले अध्यक्षले आफूहरुलाई दुई दिन समय दिएको र मंगलबार बिहान साढे ८ बजे बस्ने पार्टी स्थायी कमिटी बैठकमा त्यसबारे विस्तृत छलफल हुने पनि प्रवक्ता सापकोटाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।