काठमाडाैं- नेकपा एमालेकी सांसद बिजुला रायमाझीले संसदमा शून्य र विशेष समयमा उठेका विषयहरूमा सरकार जवाफदेही नभएको बताएकी छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले जनताका प्रतिनिधिले शून्य समयमा जनताका विषय उठाउने भए पनि सरकारले सुन्न नसक्ने र देख्न नसक्ने भान हुन थालेको बताइन्।
शून्य र विशेष समयमा उठेका विषयमा सरकारको जवाफ माग गर्दा सदन चल्न नदिएको आरोप खोप्नुपर्ने अवस्था आएको भन्दै उनले प्रश्न गरिन्, ‘के प्रतिपक्षको काम कोरम पुर्याउन मात्रै हो? जनताका प्रतिनिधिले जनता र राज्य कमजोर हुने विधेयक आँखामा पट्टी बाँधेर पास गर्नुपर्ने हो? र, पीडितको पक्षमा सदनमा बोल्दा सत्ता पक्षलाई सुन्न मिल्दैन?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।