काठमाडाै- प्रतिनिधिसभा बैठक आईतबार पनि बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
त्यस्तै, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । नेकपा एमालेसहितका प्रतिपक्षले भने तीन मन्त्रीकाे राजिनाममा सहित सरकारले ससदलाई वेवास्था गरेकाे आराेप लगाइ रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।