काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको अध्ययन प्रतिवेदन अध्ययनकै क्रममा रहेको बताएका छन्।
शनिबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा उनले सो जानकारी गराएका हुन्।
प्रधानमन्त्री प्रचण्डले आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै भएको भन्दै अध्ययनपछि आवश्यक निर्णय लिइने बताए। उनले प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्ने बताए।
कोरिया जान पाउने ईपीएस परीक्षाको विषयमा प्रदर्शन हुँदा गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।