काठमाडौं- सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक एक हप्ता भित्र टुंगोमा पुर्याउन कानुन, न्याय तथा मानव अधिकार समितिलाई आग्रह गरेका छन्।
संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको शुक्बावार सिंहदरबार बसेको बैठकमा उनले पीडित, नागरिक समाज र सञ्चार माधयामको दबाबलाई समेत ख्याल गरेर सो विधेयक एक पटक छलफल गरेर आगामी फागुन १९ गते भित्र टुंगो लगाई सक्नुपर्ने प्रस्ताव गरेका हुन्।
प्रमुख सचेतक लेखकले सो विधेयकमा १/२ विषय मात्रै सहमति हुन बाँकी रहेकाले एक पटक बैठकमा छलफल गरी टुंग्याउने प्रयास गर्ने र नभए त्यसलाई संसद्को पूर्ण हाउसले टुंगो लगाउने गरी संसद्मा पठाउन ढिलाइ गर्न नहुने बताए।
उनले संसदीय प्रक्रियामा लगेर संक्रमणकालीन न्याय टुंगो लगाउने कुरामा अब ढिलाइ गर्न नहुने पटकपटक दोहोर्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।