काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महासमिति बैठकबाट पार्टीभित्र देखिएका असमझदारीहरु मेटिएको बताएका छन्।
बिहीबार महासमिति बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले महासमिति बैठक भव्यताका साथ ऐतिहासिक ढंगले सम्पन्न भएको बताएका हुन्। उनले महासमिति बैठकले पार्टी नेता तथा कार्यकर्ताहरुका बीचमा बृहत एकता भएको र असमझदारीहरु मेटिएको बताए।
उनले अब कांग्रेसले एउटा लाइन बसाल्ने र आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउनेगरी पार्टीको संगठन परिचालन हुने बताए।
उनले मुलुकमा देखिएका समस्या समाधान गर्ने क्षमता कांग्रेससँग मात्रै रहेको बताए। उनले कांग्रेस मुलुकको राजनीतिको पथप्रदर्शक भएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।