काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठकमा गठबन्धनलाई रणनीतिक विषयमात्रै बनाउनुपर्ने सुझाव आएको छ।
महामन्त्री गगन थापाले गठबन्धन विरोधी सांगठनिक प्रस्ताव पेस गरे पनि हलमा चार समूहमा छलफल हुँदा सबै समूहले गठबन्धनलाई रणनीतिक विषयमात्रै बनाउनुपर्ने प्रतिवेदन दिएका हुन्।
ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा समूहगत छलफलको निष्कर्षसहितको प्रतिवेदन पेस गर्ने क्रममा सबै समूहबाट गठबन्धनलाई रणनीतिक विषय बनाएर जानेबारे सुझाव दिइएको हो।
यस्तै पार्टीको आगामी महाधिवेशनको मिति पनि अहिले नै तोक्नु जायज नहुने अधिकांश समूहको निष्कर्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।