• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १५, २०८२ Tue, Dec 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

माग पूरा नभए सिंहदरबारभित्र गाईभैंसी बाँधेर आन्दोलन गर्ने दुग्ध उत्पादक किसानको चेतावनी

64x64
नेपाल लाइभ बिहीबार, फागुन १०, २०८०  १६:५५
1140x725

काठमाडौं – सरकारले दुग्ध उत्पादक किसानका समस्या समाधान नगरेको भन्दै किसानहरु आन्दोलित हुने भएका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै किसानको संगठन राष्ट्रिय किसान सञ्जालले सरकार समक्ष १६ बुँदे माग राख्दै आन्दोलित हुने जनाएको छ।

राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेश चन्द्र तिमिल्सिनाले किसानको दुग्धजन्य वस्तु बिक्री नभएको र बिक्री भएको दूधको भूक्तानीसमेत नपाएको र यसप्रति पटकपटक सरकारको ध्यानाकर्षण गराउँदासमेत सरकारले बेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएको बताए।

‘दुग्ध उत्पादक किसानहरूले भोग्न परेका समस्याहरूका बारेमा हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ। हामीले किसानहरूले दुग्ध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा व्यहोर्न परेका समस्याहरू समाधान गर्न सरकार र सम्बन्धित पक्षसँग आग्रह गर्दै आएका छौं। तर यस उपर सम्बोधन नहुँदा हामीहरू ठूलो समस्या र पीडा व्यहोर्न बाध्य भएका छौं,’ उनले भने।

सरकारले नेपालमा दैनिक ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने गरेको तथ्य सार्वजनिक गर्दै आएको छ। यस्तै करिब ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दुग्ध उत्पादन क्षेत्रमा संलग्न रहेको र कूल गार्हस्थ उत्पादनमा दूधको योगदान ६ प्रतिशत रहेको सरकारी तथ्यांक छ। कूल उत्पादनको ५० प्रतिशत दूध बजारमा जान्छ तर लामो समयदेखि प्रतिदिन ५ देखि ६ लाख लिटर दूध पनि बिक्री हुन नसकेको नेपाल दुग्ध व्यवसायी संघका अध्यक्ष विश्वराज घिमिरे बताउँछन्।

‘छिमेकी मुलुक भारतबाट अवैध रुपमा कच्चा दूध तथा दुग्धजन्य पदार्थ सस्तो मूल्यमा आयात भइरहेका कारण नेपाली किसानले उत्पादन गरेको दूध बिक्री भइरहेको छैन। लम्पीस्किन रोगको महामारीका कारण ६९ हजार भन्दा बढी पशुहरू मरेको र १५ लाख ३६ हजार १८० पशुहरू संक्रमित भएकोमा दूधको अभाव हुने अनुमान गरिएकोमा यति छोटो समयमा मिल्क होलिडे हुने अवस्था सिर्जना हुनुले भारतबाट अनौपचारिक रूपमा दूध आयात भइरहेको छ भन्ने कुराको पुष्टि गर्दछ,’ उनले भने।

Ncell 2
Ncell 2

लम्पीस्किन रोगको कारण ७५ अर्बभन्दा बढी बराबरको क्षति व्यहोर्न बाध्य भएका किसान बिक्री गरिएको दूधको करिब ६ अर्ब बराबरको बक्यौता रकम दुग्ध विकास संस्थान लगायत निजी डेरी उद्योगहरूले भुक्तानी नगर्दा किसानलाई थप मर्का परेको उनको भनाइ छ। ‘यस्ता समस्याहरूले दुग्ध उत्पादक किसान तथा उत्पादक किसान विस्थापित हुनुपर्ने परिस्थितिप्रति समस्याहरू समाधानका लागि विभिन्न कार्यक्रमहरू मार्फत् नेपाल सरकारको बारम्बार ध्यानाकर्षण गराउँदा समस्या समाधान गर्न ठोस पहल भएन,’ उनले भने।

यस्तै विभिन्न मागहरुसहित आन्दोलन गरी सरकारलाई ध्यानाकर्षण गराउने उनले बताए। तर अझै बेवास्ता गरे सिंहदरबारभित्र गाईभैंसी बाधेर आन्दोलन गर्ने चेतावनीसमेत दिए। ‘हाम्रा मागहरु पूरा नहुँदासम्म आन्दोलन रोक्ने छैनौं। सरकारले माग पूरा नगरेसम्म निरन्तर आन्दोलित रहने छौं। माग पूरा भएनन् भने सिंहदरबारभित्र गाईभैंसी बाधेर आन्दोलन गर्न बाध्ये हुनेछौं। त्यहिँ दूध दुहेर बिक्री गर्न सजिलो पनि हुन्छ,’ उनले भने।

यस्ता छन् मागहरु :–
१. दूधको भुक्तानी गर्न बाँकी बक्यौता रकम तुरुन्त भुक्तानी गरियोस्।
२. नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दूध खरिद गर्ने व्यवस्था मिलाइयोस्।
३. भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानविन र अनुगमन गरी आयात बन्द गरियोस्। 
४.दूधको खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गरियोस्।
५. बिक्री नभएको दूधलाई पाउडर बनाई देशलाई मिल्क होलिडे हुनबाट रोकियोस्।
६. नेपाललाई खोरेत रोग मुक्त घोषणा गरी दूध तथा दुधजन्य उत्पादनहरू अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने गरी बजारको खोजी गरियोस्।
७. नेपाल प्रहरी तथा नेपाली सेनालगायतका निकायहरूले नेपाली दूधको अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरियोस् र त्यहाँ नेपाली किसानबाट उत्पादित दूध र दुग्धजन्य पदार्थ खरिद गरियोस्।
८. बालबालिकाको शारीरिक तथा बौद्धिक विकासमा महत्वपूर्ण योगदान दिने दूधलाई विद्यालयमा सञ्चालन कार्यक्रममा समावेश गरियोस्। यस कार्यक्रमलाई सफल पार्न नेपाली कृषकबाट उत्पादित दुध खरिद गरियोस्।
९. लम्पी स्किन रोगबाट पश्मा क्षति पुगेका किसानलाई तोकिए बमोजिमको राहत सहज र सरल विधिबाट उपलब्ध गराईयोस् साथै पीडित किसानलाई राहत र पुर्नस्थापना गर्ने गरी विशेष प्याकेज कार्यक्रम ल्याईयोस्।
१०. बीमित किसानहरूको बीमा रकम भुक्तानी गर्ने व्यवस्था गरियोस्। भुक्तानी नगर्ने बीमा कम्पनीलाई कारबाही गरियोस्। 
११. सरकारले भुक्तानी गर्नुपर्ने अनुदान बीमाको रकम यथाशीघ्र उपलब्ध गराई बीमित किसानको बीमा रकम भुक्तानी गरियोस् र अनुदान बीमा सुचारु गरियोस्।
१२. निम्न आय भएका नागरिकलाई आधार कार्ड प्रदान गरी निःशुल्क तथा न्यून मूल्यमा दूध तथा दुग्धजन्य पदार्थ वितरण गरियोस्।
१३. लागत मूल्य घटाउने कार्यक्रम अन्तर्गत दूधमा कम्तिमा रु.५ (पांच) सबै प्रदेशमा किसानलाई अनुदान दिइयोस् साथै पशु आहार, औषधी लगायतका पशुपालनसँग सम्बन्धित वस्तुको मूल्य वृद्धि अविलम्ब नियन्त्रण गरियोस्।
१४. निर्यात गरिने दुग्धजन्य पदार्थमा अनुदान व्यवस्था गरियोस। 
१५. अन्तर्राष्ट्रिय व्यापार प्रवर्दनका लागि स्थिो की पावक तथा अन्य देशहरूसँग कुटनीतिक पहले गही दुग्ध तथा दुग्धजन्य पदार्थ निर्यात गर्ने व्यवस्था मिलाइयोस।
१६ कानुनद्वारा समग्र कृषि उत्पादनहरूको समर्थन मूल्य निर्धारण गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था गरियोस्। 
आन्दोलनका कार्यक्रमहरू :–
– २०८० साल फागुन १० गते पत्रकार सम्मेलन आयोजना गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने
–२०८० साल फागुन १३ गते राजनीतिक दलका शीर्ष नेताहरूसमक्ष मागपत्र प्रस्तुत गर्ने ।
–२०८० साल फागुन १३ गते संसदीय दलका प्रमुख सचेतकहरूलाई मागहरू बारे जानकारी गराउने 
–२०८० साल फागुन १४ गते मागहरूका बारेमा संघीय संसद कोष, सहकारी तथा समितिसँग छलफल गर्ने। 
–२०८० साल फागुन १४ र १५ गते ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा १२ बजेसम्म नाराजुलुशसहित धर्ना दिने र ज्ञापन पत्र बुझाउने।
–२०८० साल फागुन १७ गते विहान १० बजेदेखि १२ बजेसम्म मुख्य रूपमा चक्काजाम गर्ने।
–२०८० साल फागुन १६ गते दुग्ध किसानका मागहरू प्रतिनिधि सभा र राष्ट्रियसभाका माननीय सदस्यहरूलाई बुझाउने। 
–२०८० साल फागुन २१ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन माग पुरा नभएसम्म निरन्तर जारी राख्ने। 

 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ?
प्रधानमन्त्री कार्कीले भनिन् : ‘सांस्कृतिक विविधता नेपालको गौरव हो’
डा. शेखर कोइरालाले भने : ‘बरु हार्न तयार छौँ, निर्वाचनबाट भाग्दैनौँ’
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ? मंगलबार, पुस १५, २०८२
प्रधानमन्त्री कार्कीले भनिन् : ‘सांस्कृतिक विविधता नेपालको गौरव हो’ मंगलबार, पुस १५, २०८२
डा. शेखर कोइरालाले भने : ‘बरु हार्न तयार छौँ, निर्वाचनबाट भाग्दैनौँ’ मंगलबार, पुस १५, २०८२
यी हुन् निर्वाचन आयोगमा बन्दसूची बुझाउन राजनीतिक दल मंगलबार, पुस १५, २०८२
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शेर्पा विजयी, कसको मत कति ? मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्