काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त महर्जनले गत पुस १३ गते बालकुमारीमा दुई युवा मारिएको घटनाको प्रतिवेदन कहाँ पुग्यो भन्दै प्रश्न गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद श्रेष्ठले सरकारलाई प्रतिवेदन बुझाए पनि किन सार्वजनिक भएन र कहाँ पुग्यो भन्दै प्रश्न गरेका हुन्।
‘सरकार संसद्प्रति जिम्मेवार हुँदैन भने मुलुकले कस्तो नेतृत्व पाइरहेको छ? सरकारलाई पढ्नलाई गाह्रो छ भने हामी संसद्मा बाचन गरेर सुनाइदिन्छौँ,’ उनले भने। उनले सो घटनामा दोषी रहेका मन्त्रीलाई कारबाही नगर्ने हो भने संसद् अवरुद्ध गर्न पनि रास्वपा पछि नपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।