काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक बिहीबार पनि बस्दैछ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठकमा प्रस्तुत अवधारणा र कार्य योजनामाथि आज टोली प्रमुखले आ-आफ्नो राय दिने कार्यसूची छ।
जारी बैठकमा प्रस्तुत अवधारणामाथि छलफल गरी निचोडमा पुर्याउनका लागि एमालले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी ९ वटा समूह विभाजन गरी सामूहिक छलफल गरिरहेको छ।
बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक विषयमा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बुधबार कार्ययोजना प्रस्तुत गरेका थिए।
उक्त कार्ययोजनामा ९ समूहमा विभाजन गरी छलफल गरिएको थियो। सोही समूहले आज प्रतिवेदनको निचोड सुनाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।