काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमितिमा लिनुपर्ने थप संकल्पबारे प्रस्ताव भन्दै पस गरेका छन्।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा फागुन ७ गतेदेखि जारी कांग्रेस महासमिति बैठकमा पौडेलले बैठकले लिनुपर्ने थप संकल्पबारे प्रस्ताव राखेका हुन्। उनले बुधबार उक्त प्रस्ताव पेस गरेका हुन्।
उनले महासमिति सदस्यहरूलाई आठ पृष्ठको प्रस्ताव बाँडेका छन्। उनले २८ बुँदे पुरक प्रस्ताव राखेका हुन्।
महासमिति बैठकमा आज उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनथापाको प्रस्तावमाथि समूहगत रूपमा छलफल हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।