काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग इन्टर पारिस, पार्लियामेन्ट इन पार्टरनसिपका प्रमुख जोनाथन मफीले नेपाल भ्रमणका अवसरमा मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।
भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले संसद् जनताका सवाल उठाउने र कानुन निर्माण गर्ने थलो भएकाले यसलाई प्रभावकारी बनाउन सक्दा प्रजातन्त्र बलियो बने बताएका छन्। उनले सरकारलाईं कसरी संसद् र जनताप्रति उत्तरदायी बनाउन सकिन्छ भन्ने कुरामा इयुबाट सहयोग हुने अपेक्षा व्यक्त गरे।
अध्यक्ष तिमिल्सिनाले नेपालको संसद् भवन भूकम्पमा क्षतिग्रस्त भएपछि नयाँ बन्ने चरणमा रहेकाले त्यसलाई कसरी प्रविधियुक्त तथा पेपरलेस बनाउन सकिन्छ तथा सांसद र संसद्का कर्मचारीको क्षमता विकासका लागि पनि सहकार्य गर्न इच्छुक भएको बताए।
भेटमा प्रमुख मर्फीले प्रजातन्त्र नै युरोपेली संसद्को गहना भएको बताउँदै नेपालको संसद्सँग प्रजातान्त्रिक पद्धति बलियो बनाउने उल्लेख गर्दै आगामी दिनमा आवश्यकताका आधारमा दुई पक्षीय सहयोगका विषयमा सहकार्य गर्दै जान सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।