• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गठबन्धन नगर्ने महामन्त्री थापाको प्रस्तावप्रति संस्थापन पक्षको असन्तुष्टिको तीन कारण

64x64
किशोर दहाल आइतबार, फागुन ६, २०८०  १७:१६
1140x725

काठमाडौं- महासमिति बैठकमा प्रस्तुत गर्ने कांग्रेस महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्तावमा उल्लेख कतिपय विषयप्रति सभापति शेरबहादुर देउवा र उनीपक्षका नेताहरूले आपत्ति जनाएका छन्। खासगरी भविष्यका आवधिक निर्वाचनमा कांग्रेसले निर्वाचन पूर्व गठबन्धन नगर्ने प्रस्तावलाई लिएर सो पक्षले आपत्ति जनाएको हो। तसर्थ महामन्त्री थापालाई  प्रतिवेदनका यी लगायतका विषय परिमार्जन गर्न दबाब दिइएको छ।

थापाको प्रस्तावमा भनिएको छ, ‘… हामी संकल्प गर्छौं कि- नेपाली कांग्रेसले भविष्यमा हुने आवधिक निर्वाचनहरूमा निर्वाचन पूर्व गठबन्धन (प्रिइलेक्सन एलायन्स) गरेर अब कहिल्यै आफ्ना मतदातालाई  अन्य कुनै दलको चुनाव चिह्नमा मत हाल्ने अवस्था सिर्जना गर्ने छैन।’

थापा पक्षले कांग्रेसप्रति आस्थावान् मतदातालाई रुखमै भोट हाल्न पाउने अवस्था सिर्जना गर्ने प्रस्तावको रुपमा यसलाई व्याख्या गरेको छ। संस्थापन पक्षले भने अहिले गठबन्धनका दलहरूबीच रहेको विश्वासको वातावरण बिगार्ने प्रस्तावको रुपमा अर्थ्याएको छ। त्यहीकारण पनि देउवाले थापासँग आइतबार यस विषयलाई लिएर छलफल गरेका छन्। तर  महामन्त्रीको सो प्रस्ताव परिमार्जन हुने सम्भावना न्यून रहेको उनी पक्षका नेताहरू बताउँछन्। प्रस्तावमै परिमार्जन भएको खण्डमा पनि कुनै न कुनै रुपमा सो विषय महासमितिमा प्रवेश गर्ने उनीहरूको भनाइ छ।

थापा र संस्थापन पक्षका कतिपय नेताहरूसँगको छुट्टाछुट्टै कुराकानीका आधारमा, गठबन्धनको विषयमा महामन्त्रीको प्रस्तावमा उल्लेखित विषयप्रति संस्थापन पक्षले आपत्ति व्यक्त गर्नुमा मुख्य तीन कारण देखिन्छन्।

देउवाको प्रधानमन्त्री बन्ने सम्भावनामा क्षति
सार्वजनिक भएकै विषय हो, गठबन्धनका प्रमुख तीन दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेतृत्वत्रय शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति छ। सहमति अनुसार अहिले प्रचण्ड प्रधानमन्त्री छन्। उनीपछि नेपाल र देउवा प्रधानमन्त्री बन्ने छन्।

Ncell 2
Ncell 2

महामन्त्रीको प्रस्तावले गठबन्धनका दलहरूबीच अविश्वास सिर्जना गर्ने संस्थापक्षको बुझाइ छ। कांग्रेसको गठबन्धन नगर्ने निर्णय लियो भने माओवादी केन्द्रले पनि कांग्रेससँगको सम्बन्ध पुनर्विचार गर्ने र एमालेसँग मिल्ने सो पक्षको अनुमान छ। त्यसो भयो भने प्रचण्डलाई गठबन्धन फेर्नुपर्ने कारण पनि प्राप्त हुने र देउवाको प्रधानमन्त्री बन्ने सम्भावना पनि टर्ने हुनसक्छ। प्रचण्डले व्यक्तिगत हितलाई केन्द्रमा राखेर सहजै गठबन्धन परिवर्तन गर्ने विगतका घटनाक्रम भएकाले कांग्रेसले बहाना दिन नहुने तर्क संस्थापन पक्षको छ।

महासमितिमा जे पनि हुन सक्छ!
चुनावी गठबन्धनप्रति कांग्रेसको ठूलो पंक्ति सहमत छैन। चुनावी गठबन्धनले गर्दा पार्टीका कैयौं नेताहरूको उम्मेदवार बन्ने सम्भावना मात्रै टरेको छैन, कांग्रेसप्रति आस्थावान् कैयौं नेताहरूले पार्टीको चुनाव चिह्न रुखमा समेत मतदान गर्न पाएका छैनन्। त्यसैले चुनावका बेलामा ‘रुखमै भोट हाल्न पाउनुपर्ने’ माग कांग्रेसभित्र उठेको थियो। कतिपयले विद्रोह समेत गरेका थिए र कारबाही भोगेका थिए। त्यस्तो कारबाहीप्रति 'रुखमा भोट हाल्न पाउनुपर्छ भन्दा कारबाहीमा परियो' भन्ने जस्तो भावनात्मक प्रतिक्रिया व्यक्त भएका थिए। त्यसैले महासमिति बैठकमा सहभागीहरूको ठूलो पंक्ति गठबन्धन गर्न नहुने पक्षमा उभिन्छन् भन्ने बुझाइमा थापा र संस्थापन पक्ष छन्।

गठबन्धनकै कारण अवसर गुमाएका नेताहरू सो पक्षमा पनि छन्। केही गरी थापाको प्रस्ताव महासमिति बैठकमा पुगेमा र त्यसबारे छलफल हुने स्थिति बनेमा देउवा पक्षकै नेता तथा कार्यकर्ताले थापाको प्रस्तावमा सहमति जनाउन सक्ने आशंका संथापन पक्षलाई छ। त्यस्तो भयो भने देउवा पक्ष दबाबमा पर्नेछ। त्यसैले थापाको प्रस्तावलाई महासमितिमा पुग्न नै रोक्ने कसरतमा सो समूह लागेको थापा पक्षको बुझाइ छ। अर्कोतिर, थापाको प्रस्तावलाई रोक्न संस्थापन पक्षले गरिरहेको मेहनत प्रतिष्ठाको विषय समेत बनेको छ। त्यसकारण पनि उनीहरू प्रस्ताव परिमार्जन गर्न चाहन्छन्।

देउवा निकटका नेताहरूको डर!
जनता र कांग्रेस पंक्तिमाझ लोकप्रिय नभए पनि, सभापति देउवा निकट रहेर निरन्तर लाभ पाइरहने समूह पनि उल्लेखनीय छ, कांग्रेसभित्र। त्यस्ता नेतालाई गठबन्धनले झन् सहज बनाइरहेको छ। अहिलेको गठबन्धन कायमै रहेमा केही समयपछि नै देउवा प्रधानमन्त्री बन्ने र थप अवसर पाइने उनीहरूले देखेका छन्। त्यसैले गठबन्धनको निरन्तरतामा कुनै गडबडी आउने परिस्थिति सिर्जना नहोस् भन्ने उनीहरू चाहन्छन्।

त्यस्तै, देउवा समूहमा रहेका केही प्रभावशाली नेताहरूको अन्तिम चुनावी प्रतिस्पर्धा नै आगामी निर्वाचन हुने देखिन्छ। गठबन्धन रहिरहेमा र माओवादी केन्द्रसँग विश्वासको सम्बन्ध रहिरहेमा आगामी निर्वाचन पनि सहजै जित्न सकिने र त्यसपछिका पाँच वर्ष सकेसम्म लाभ लिएर राजनीतिक रुपमा सहज बहिर्गमन गर्न सकिने उनीहरुको आकलन हुनसक्छ। त्यसैले पनि उनीहरू अहिले मात्रै होइन, पछि पनि गठबन्धन नभत्कियोस् भन्ने चाहन्छन्। थापा पक्षका एक नेता भन्छन्, ‘पार्टीगत हितभन्दा पनि व्यक्तिगत हितको पूर्वआकलन गरेर संस्थापन पक्षका नेताहरूले महामन्त्रीको प्रस्तावको विरोध गरिरहेका छन्।’

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा सभापति थापाले नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ को ‘जेन–जी’ विद्रोहसम्म, इतिहासका विभिन्न... शुक्रबार, माघ १६, २०८२
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका लागि समर्पण गर्नु नै सहादत भएकाल... शुक्रबार, माघ १६, २०८२
अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् । बिहीबार, माघ १५, २०८२
ताजा समाचारसबै
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक शुक्रबार, माघ १६, २०८२
‘अब कुनै आमाको काख नरित्तियोस्’ : प्रधानमन्त्री कार्की शुक्रबार, माघ १६, २०८२
पाँच सय किलो गाँजासहित दश जना पक्राउ शुक्रबार, माघ १६, २०८२
गोरखापत्र संस्थानले माग्यो विभिन्न पदमा कर्मचारी शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्