काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन आफूले अध्ययन गरेपछि आवश्यक कारबाही गर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभामा बोल्दै उनले आफूले अहिलेसम्म प्रतिवेदन नहेरेको बताए।
'छानबिन समितिले जो प्रतिवेदन ल्याएको छ। गृह मन्त्रालयमा छानबिन समितिले बुझाएको छ। आज मैले बुझ्दैछु। प्रधानमन्त्रीको हैसियतले अहिलेसम्म मैले हेरेको छैन। आजै क्याबिनेट छ। यसलाई सरकारले बनाएको छानबिन समितिले छानबिन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ। यो विश्वास म दिलाउन चाहन्छु', उनले भने।
प्रधानमन्त्री प्रचण्डले सरकारले दश लाख दियो, त्यसपछि चुप लाग्यो भन्ने कुरा सही नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।