काठमाडौं- समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सी चयन भएका छन्।
नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा आइतबार बसेको बैठकले आलोपालो नेतृत्वको प्रावधान अनुसार विप्लवलाई संयोजकमा चयन गरेको हो।
यसअघि मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष नेपालले गरेका थिए। बैठकमा देशका प्रमुख शहरमा जनपरिचालनको कार्यक्रम आयोजना गर्ने पनि निर्णय गरेको छ।
मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।