• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

क्षमता नभएको व्यक्तिलाई नेता बनाउँदा मुलुक र जनताको अवस्था दयनीय!

रुषा थापा शनिबार, फागुन ५, २०८०  १४:५२
1140x725

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आम सर्वसाधारण सोध्छन्,‘भारत र चीनले कति नेपाली भू–भाग कब्जा गरेका छन्। त्यसको विवरण जनतालाई दिन सक्नुहुन्छ?’ ०७८ सालको राष्ट्रिय जनगणनाअनुसार मुलुकको जनसंख्या दुई करोड ९१ लख ६४ हजार ५७८ रहेको छ।
 
यसमध्ये धेरै नेपालीहरु आफ्नो देशको नागरिकता त्यागेर अन्य देशको नागरिक भइसकेका छन्। के यसको तंथ्याक प्रधानमन्त्री सार्वजनिक गर्न सक्छन्? मुलुकमा रोजगारी नभएर खाडी पुगेका नेपाली कामदारहरु गल्तीबिना त्यहाँस्थित जेलमा छन्। कतिपयलाई त फाँसीकोसमेत सजाय सुनाइएको छ । र, उनीहरु सोही दिन कुरेर बसिरहेका छन्। प्रधानमन्त्रीलाई न आफ्नो देशको माया छ न त आफ्ना देशका जनताको । प्रधानमन्त्री भएपछि राष्ट्र र जनताको विषयमा सम्पूर्ण जानकारी हुनुपर्छ।

आफ्नो देशभित्र के भइरहेको छ? किन भइरहेको छ? त्यसले के प्रभाव पारिरहेको छ? भनेर प्रधानमन्त्रीलाई केही थाहा छैन। यता, सर्वसाधारणलाई अझै भ्रममा पार्न ठूल्ठूलो भ्रष्टाचारको फाइल खोल्ने, आर्थिक सुधारको लागि तत्काल एक्सनमा जाने प्रधानमन्त्री दाबी गर्छन्। सरकारी कर्मचारीहरु आम सर्वसाधारणको काम छिटोछरितो गर्दैनन्। हरेक क्षेत्रमा सिण्डिकेट, कालोबजारी र बेथिति छ। यातायात क्षेत्रमा एकाधिकार कायमै छ। बजार अनुगमन गर्न कोही निस्कँदैन। प्रधानमन्त्रीको निर्देशन मन्त्री र कर्मचारी मान्दैनन्।

सहकारीका कारण करोडौं बचतकर्ता चुलुम्मै भए। उनीहरुको रुवाबाँसी छ। कतिपयले त सहन नसकेर आत्महत्यासमेत गरेका छन् भने कतिपय डिप्रेसनमा गएका छन्। सहकारीजस्तै बैंक पनि त्यँही अवस्थामा पुग्ने देखिएको छ। केही दिनयता बैंकमा पैसा निकाल्नेको संख्या ह्वात्तै बढेको छ। बैंकले घरजग्गा, गाडी र सेयरमा सम्पूर्ण कर्जा लगानी गरेको छ भनेर सर्वसाधारणले थाहा पाइसकेका छन्। दलालहरुले सीधासाधी जनतालाई फसाउनु फसाए। एक सयको सेयर ३५ सयमा बेचे।

पाँच हजार आना नपर्ने खेतीयोग्य जमिन प्लानिङ गरेर आनाकै ६०–७० लाखमा बेचे। गाडीमा पनि त्यही भएको छ। यसले सोझासिधा जनता दलालहरुका कारण नराम्ररी डुबेका छन्। उनीहरु मर्नु कि बाँच्नु अवस्थामा छन्। मानिसहरुले पाँच सय र हजारको नोट लुकाइसकेका छन्। माडेहरुले यहाँको पैसा सबै आफ्नो देशमा लगिसकेका छन्। प्रत्येक दिन कोठा, सटर र फ्रल्याट खाली भइरहेका छन्। व्यापारीहरु भन्छन्, ‘सटर खोल्नु मात्र हो। कहिले काँही त बोहनीसमेत हुन्न।’ निजी कम्पनी, संघसंस्था, होटल, रेस्टुरेन्ट, पसल तथा घरायसी काम गर्नेहरु धमाधम कामबाट निकालिएका छन्।

अधिंकाश त महिनौंदेखि तलबबिनै कामबाट निकालिएका छन्। ७०/८० वर्षका बुढाहरु भन्छन्, ‘बजार यस्तो मन्दीमा गएको हामीलाई अहिलेसम्म थाहा थिएन।’ अहिले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घरजग्गा, गाडी र सेयर किन्नेलाई मर्नु कि बाँच्नु भएको छ। ऋण तिर्न पैसा छैन त धितो बिक्री हुन्न। ९९ प्रतिशत मानिसहरुको घरजग्गा, गाडी र सेयर बैंकको नाममा छ। जसले गर्दा व्यक्ति र बैंक नै डुब्ने देखिएको छ। ०६३ सालअघि सहकारी च्याउ उम्रिएझै थिएनन्। न त घरजग्गा, गाडी र सेयरको मूल्य नै उच्च थियो।

०६३ सालमा जब माओवादी र सरकारबीच वार्ता भयो। अनि माओवादीका नेता तथा कार्यकर्ताले आफू भूमिगत हुँदा बैंक लुटेको पैसा घरजग्गा, गाडी र सेयरमा लगानी गरे। र, सबै माओवादी कार्यकर्ताले पनि सहकारी खोले। त्यसबेला आनाको ५० हजार नपर्ने जग्गा ०७८ सालमा आइपुग्दा ८० लाख पुर्‍याइदिए। अहिले सबै पैसा घरजग्गा, गाडी र सेयरमा फ्रिज भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्डले हिजो ‘जनयुद्ध’ सुरु गरेको यही देश बेच्नको लागि हो? 

नेपालीलाई भेडाबाख्राझै अन्य मुलुकमा बेचिएको थिएन। तर, अहिले त विदेशी ऋण नै २७ खर्ब पुगेको छ। एयरपोर्टबाट दिनहुँ हजारौंको संख्या नेपालीहरु विदेशिएका छन्। भूमिगतबाट सार्वजनिक भएपछि प्रचण्डले मुलुकमा आर्मी आवश्यक छैन र हटाउनुपर्ने बताएका थिए। यद्यपि, अहिले उनी नै प्रधानमन्त्री हुँदा आर्मी हटाइएको छैन।

प्रधानमन्त्री प्रचण्डले देश चलाउन सक्दैनन् र उनीसँग क्षमता पनि छैन भनेर अहिले सर्वसाधारणले बुझिसकेका छन्। त्यस्तै, शेरबहादुर देउवा, केपी ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनालले पनि सक्दैनन्। ०६९ सालमा भट्टराई प्रधानमन्त्री थिए। पछि राजनीतिक दलहरुबाट सरकारबाट बाहिरिए। र, खिलराज रेग्मीलाई सरकारमा ल्याई चुनाव गराइयो। त्यतिखेर नै राजनीतिक दलहरु असफल भएको जनताले थाहा पाइसकेका थिए।

Ncell 2
Ncell 2

किनकि आफूले देश चलाउन नसकेर एउटा कर्मचारीलाई जिम्मा दिनु कति लज्जास्पद विषय हो? खिलराज रेग्मीले पनि निर्वाचन गराउन नसकेको भए लोकतन्त्र गणतन्त्र रहदैंन्थ्यो। राजतन्त्र नै फर्किन्थ्यो। तर, रेग्मीले हार मानेनन्। र, निर्वाचन गराएरै छोडे। देउवा, ओली, नेपाल असफल भइसकेको अहिले छर्लङ्ग छ। अहिले दुर्गा प्रसाई राजा ल्याउन लागिपरेका छन्।

उनको पृष्ठभूमि केलाउने हो भने प्रसाई मेडिकल माफिया हुन्। र, बैंकबाट अर्बो ऋण लिएर नतिर्ने फटाह पनि हुन्। प्रसाईको अगाडि राजनीतिक दलहरु निरीह बनेका छन्। ०७० सालको निर्वाचनमा कमल थापाले राजाबाट करोडौं पैसा ल्याएर खाए। अहिले प्रसाई पनि राजाले आफ्नो ऋण तिरिदिने आशमा राजाको गुनगान गाइरहेका छन्। फेरि राजनीतिक दलहरु असफल भएको फाइदा उठाउँदै प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रयोग गरिरहेका छन्। प्रसाईले बैंकको ऋण त तिरेनन् नै सँगै व्यापारीहरुको समेत रकम चुक्ता गरेका छैनन्।

बैंकमा बचत गर्नेहरुको निन्द्रा र भोक नै हराइसकेको छ। बैंकबाट प्रसाईले मात्र होइन, भाटभटेनीका साहु मिनबहादुर गुरुङलगायत ठूल्ठूला व्यापारीहरुले अर्बौं ऋण लिएका छन्। तर, तिरेका छैनन् । सरकारले देखिसकेको छ कि सहकारीका कारण बचतकर्ताहरुको के–कस्तो हालत भयो।अब बैंकका कारण पनि जनता त्यँही अवस्थामा पुग्नेछन्। अहिले बजारमा सुनिन्छ कि दुर्गा प्रसाई आफ्नो अघिपछि डेढ सय युवा लिएर हिँड्छन्। मुलुकमा सरकार छ। प्रहरी प्रशासन छ। तर, प्रसाईलाई किन कसले पनि समात्न सक्दैंन? बेरोजगार, गरिब युवाहरुलाई प्रयोग गरी प्रसाई बैंक डुबाउन खोज्दै छन्।

त्यसकारण अब सरकारले बैंकबाट ठूलो कर्जा लिएर नतिर्ने व्यक्ति तथा व्यापारीलाई धमाधम पक्राउ गर्नुपर्छ। यीनीहरुले कर्जा नतिर्नेबित्तिकै बैंकमा बचत गर्नेहरु सुकुम्बासी हुनेछन्। अब कि त सरकारले बैंकमा पैसा नराख्नू भनेर सर्वसाधारणलाई सचेत गराउनुपर्छ होइन भने बैंकमा बचत गरेको जनताको रकमको सुरक्षा गरिदिनुपर्छ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गरिबको घरमा जान्थे। र, त्यहाँ जे पाक्थ्यो, त्यँही खाएर सुत्थे। तर, ओली र प्रचण्डले प्रसाईको घरमा गएर मार्सी चामलको भात खाए। दलाली, माफियाको घरमा गएर मार्सी भात खाएको फल अहिले ओली र प्रचण्डले भोगिरहेका छन्। खानाको लोभमा आज ओली र प्रचण्डले आफ्नो राजनीति र अस्तित्व गुमाएका छन्। क्षमता नभएको वा सोच्न नसक्ने व्यक्तिलाई जनताले नेता बनाउँदा आज मुलुक यो अवस्थामा पुगेको छ। जनता पनि पाउनु दुःख पाएका छन्।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १४:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्