• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

क्षमता नभएको व्यक्तिलाई नेता बनाउँदा मुलुक र जनताको अवस्था दयनीय!

रुषा थापा शनिबार, फागुन ५, २०८०  १४:५२
1140x725

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आम सर्वसाधारण सोध्छन्,‘भारत र चीनले कति नेपाली भू–भाग कब्जा गरेका छन्। त्यसको विवरण जनतालाई दिन सक्नुहुन्छ?’ ०७८ सालको राष्ट्रिय जनगणनाअनुसार मुलुकको जनसंख्या दुई करोड ९१ लख ६४ हजार ५७८ रहेको छ।
 
यसमध्ये धेरै नेपालीहरु आफ्नो देशको नागरिकता त्यागेर अन्य देशको नागरिक भइसकेका छन्। के यसको तंथ्याक प्रधानमन्त्री सार्वजनिक गर्न सक्छन्? मुलुकमा रोजगारी नभएर खाडी पुगेका नेपाली कामदारहरु गल्तीबिना त्यहाँस्थित जेलमा छन्। कतिपयलाई त फाँसीकोसमेत सजाय सुनाइएको छ । र, उनीहरु सोही दिन कुरेर बसिरहेका छन्। प्रधानमन्त्रीलाई न आफ्नो देशको माया छ न त आफ्ना देशका जनताको । प्रधानमन्त्री भएपछि राष्ट्र र जनताको विषयमा सम्पूर्ण जानकारी हुनुपर्छ।

आफ्नो देशभित्र के भइरहेको छ? किन भइरहेको छ? त्यसले के प्रभाव पारिरहेको छ? भनेर प्रधानमन्त्रीलाई केही थाहा छैन। यता, सर्वसाधारणलाई अझै भ्रममा पार्न ठूल्ठूलो भ्रष्टाचारको फाइल खोल्ने, आर्थिक सुधारको लागि तत्काल एक्सनमा जाने प्रधानमन्त्री दाबी गर्छन्। सरकारी कर्मचारीहरु आम सर्वसाधारणको काम छिटोछरितो गर्दैनन्। हरेक क्षेत्रमा सिण्डिकेट, कालोबजारी र बेथिति छ। यातायात क्षेत्रमा एकाधिकार कायमै छ। बजार अनुगमन गर्न कोही निस्कँदैन। प्रधानमन्त्रीको निर्देशन मन्त्री र कर्मचारी मान्दैनन्।

सहकारीका कारण करोडौं बचतकर्ता चुलुम्मै भए। उनीहरुको रुवाबाँसी छ। कतिपयले त सहन नसकेर आत्महत्यासमेत गरेका छन् भने कतिपय डिप्रेसनमा गएका छन्। सहकारीजस्तै बैंक पनि त्यँही अवस्थामा पुग्ने देखिएको छ। केही दिनयता बैंकमा पैसा निकाल्नेको संख्या ह्वात्तै बढेको छ। बैंकले घरजग्गा, गाडी र सेयरमा सम्पूर्ण कर्जा लगानी गरेको छ भनेर सर्वसाधारणले थाहा पाइसकेका छन्। दलालहरुले सीधासाधी जनतालाई फसाउनु फसाए। एक सयको सेयर ३५ सयमा बेचे।

पाँच हजार आना नपर्ने खेतीयोग्य जमिन प्लानिङ गरेर आनाकै ६०–७० लाखमा बेचे। गाडीमा पनि त्यही भएको छ। यसले सोझासिधा जनता दलालहरुका कारण नराम्ररी डुबेका छन्। उनीहरु मर्नु कि बाँच्नु अवस्थामा छन्। मानिसहरुले पाँच सय र हजारको नोट लुकाइसकेका छन्। माडेहरुले यहाँको पैसा सबै आफ्नो देशमा लगिसकेका छन्। प्रत्येक दिन कोठा, सटर र फ्रल्याट खाली भइरहेका छन्। व्यापारीहरु भन्छन्, ‘सटर खोल्नु मात्र हो। कहिले काँही त बोहनीसमेत हुन्न।’ निजी कम्पनी, संघसंस्था, होटल, रेस्टुरेन्ट, पसल तथा घरायसी काम गर्नेहरु धमाधम कामबाट निकालिएका छन्।

अधिंकाश त महिनौंदेखि तलबबिनै कामबाट निकालिएका छन्। ७०/८० वर्षका बुढाहरु भन्छन्, ‘बजार यस्तो मन्दीमा गएको हामीलाई अहिलेसम्म थाहा थिएन।’ अहिले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घरजग्गा, गाडी र सेयर किन्नेलाई मर्नु कि बाँच्नु भएको छ। ऋण तिर्न पैसा छैन त धितो बिक्री हुन्न। ९९ प्रतिशत मानिसहरुको घरजग्गा, गाडी र सेयर बैंकको नाममा छ। जसले गर्दा व्यक्ति र बैंक नै डुब्ने देखिएको छ। ०६३ सालअघि सहकारी च्याउ उम्रिएझै थिएनन्। न त घरजग्गा, गाडी र सेयरको मूल्य नै उच्च थियो।

०६३ सालमा जब माओवादी र सरकारबीच वार्ता भयो। अनि माओवादीका नेता तथा कार्यकर्ताले आफू भूमिगत हुँदा बैंक लुटेको पैसा घरजग्गा, गाडी र सेयरमा लगानी गरे। र, सबै माओवादी कार्यकर्ताले पनि सहकारी खोले। त्यसबेला आनाको ५० हजार नपर्ने जग्गा ०७८ सालमा आइपुग्दा ८० लाख पुर्‍याइदिए। अहिले सबै पैसा घरजग्गा, गाडी र सेयरमा फ्रिज भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्डले हिजो ‘जनयुद्ध’ सुरु गरेको यही देश बेच्नको लागि हो? 

नेपालीलाई भेडाबाख्राझै अन्य मुलुकमा बेचिएको थिएन। तर, अहिले त विदेशी ऋण नै २७ खर्ब पुगेको छ। एयरपोर्टबाट दिनहुँ हजारौंको संख्या नेपालीहरु विदेशिएका छन्। भूमिगतबाट सार्वजनिक भएपछि प्रचण्डले मुलुकमा आर्मी आवश्यक छैन र हटाउनुपर्ने बताएका थिए। यद्यपि, अहिले उनी नै प्रधानमन्त्री हुँदा आर्मी हटाइएको छैन।

प्रधानमन्त्री प्रचण्डले देश चलाउन सक्दैनन् र उनीसँग क्षमता पनि छैन भनेर अहिले सर्वसाधारणले बुझिसकेका छन्। त्यस्तै, शेरबहादुर देउवा, केपी ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनालले पनि सक्दैनन्। ०६९ सालमा भट्टराई प्रधानमन्त्री थिए। पछि राजनीतिक दलहरुबाट सरकारबाट बाहिरिए। र, खिलराज रेग्मीलाई सरकारमा ल्याई चुनाव गराइयो। त्यतिखेर नै राजनीतिक दलहरु असफल भएको जनताले थाहा पाइसकेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

किनकि आफूले देश चलाउन नसकेर एउटा कर्मचारीलाई जिम्मा दिनु कति लज्जास्पद विषय हो? खिलराज रेग्मीले पनि निर्वाचन गराउन नसकेको भए लोकतन्त्र गणतन्त्र रहदैंन्थ्यो। राजतन्त्र नै फर्किन्थ्यो। तर, रेग्मीले हार मानेनन्। र, निर्वाचन गराएरै छोडे। देउवा, ओली, नेपाल असफल भइसकेको अहिले छर्लङ्ग छ। अहिले दुर्गा प्रसाई राजा ल्याउन लागिपरेका छन्।

उनको पृष्ठभूमि केलाउने हो भने प्रसाई मेडिकल माफिया हुन्। र, बैंकबाट अर्बो ऋण लिएर नतिर्ने फटाह पनि हुन्। प्रसाईको अगाडि राजनीतिक दलहरु निरीह बनेका छन्। ०७० सालको निर्वाचनमा कमल थापाले राजाबाट करोडौं पैसा ल्याएर खाए। अहिले प्रसाई पनि राजाले आफ्नो ऋण तिरिदिने आशमा राजाको गुनगान गाइरहेका छन्। फेरि राजनीतिक दलहरु असफल भएको फाइदा उठाउँदै प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रयोग गरिरहेका छन्। प्रसाईले बैंकको ऋण त तिरेनन् नै सँगै व्यापारीहरुको समेत रकम चुक्ता गरेका छैनन्।

बैंकमा बचत गर्नेहरुको निन्द्रा र भोक नै हराइसकेको छ। बैंकबाट प्रसाईले मात्र होइन, भाटभटेनीका साहु मिनबहादुर गुरुङलगायत ठूल्ठूला व्यापारीहरुले अर्बौं ऋण लिएका छन्। तर, तिरेका छैनन् । सरकारले देखिसकेको छ कि सहकारीका कारण बचतकर्ताहरुको के–कस्तो हालत भयो।अब बैंकका कारण पनि जनता त्यँही अवस्थामा पुग्नेछन्। अहिले बजारमा सुनिन्छ कि दुर्गा प्रसाई आफ्नो अघिपछि डेढ सय युवा लिएर हिँड्छन्। मुलुकमा सरकार छ। प्रहरी प्रशासन छ। तर, प्रसाईलाई किन कसले पनि समात्न सक्दैंन? बेरोजगार, गरिब युवाहरुलाई प्रयोग गरी प्रसाई बैंक डुबाउन खोज्दै छन्।

त्यसकारण अब सरकारले बैंकबाट ठूलो कर्जा लिएर नतिर्ने व्यक्ति तथा व्यापारीलाई धमाधम पक्राउ गर्नुपर्छ। यीनीहरुले कर्जा नतिर्नेबित्तिकै बैंकमा बचत गर्नेहरु सुकुम्बासी हुनेछन्। अब कि त सरकारले बैंकमा पैसा नराख्नू भनेर सर्वसाधारणलाई सचेत गराउनुपर्छ होइन भने बैंकमा बचत गरेको जनताको रकमको सुरक्षा गरिदिनुपर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गरिबको घरमा जान्थे। र, त्यहाँ जे पाक्थ्यो, त्यँही खाएर सुत्थे। तर, ओली र प्रचण्डले प्रसाईको घरमा गएर मार्सी चामलको भात खाए। दलाली, माफियाको घरमा गएर मार्सी भात खाएको फल अहिले ओली र प्रचण्डले भोगिरहेका छन्। खानाको लोभमा आज ओली र प्रचण्डले आफ्नो राजनीति र अस्तित्व गुमाएका छन्। क्षमता नभएको वा सोच्न नसक्ने व्यक्तिलाई जनताले नेता बनाउँदा आज मुलुक यो अवस्थामा पुगेको छ। जनता पनि पाउनु दुःख पाएका छन्।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १४:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन
तातोपानी नाका तीन दिनका लागि खुल्ने
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
तातोपानी नाका तीन दिनका लागि खुल्ने शनिबार, असोज ३१, २०८३
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्