काठमाडौं- विशेष अदालतले अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात र पूर्वमन्त्री छविराज पन्तलाई भ्रष्टाचारी ठहर गरेको छ।
बस्यातलाई भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गराउन भूमिका खेलेको अभियोगमा अदालतले बिहीबार दोषी ठहर गरेको हो।
त्यस्तै, दोषी ठहर भएका पन्त भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव हुन्। उनी तत्कालीन चुनावी मन्त्रिपरिषद्मा मन्त्री भएका थिए।
उनीहरूलाई २ वर्ष कैद, बिगो असुल तथा जरिवाना हुने विशेष अदालतले जनाएको छ।
पन्तले सर्वोच्चको फैसलाको अपव्याख्या गरिएको र मन्त्रिपरिषद्को निर्णयलाई रक्षाकवच बनाएको विशेष अदालतले ठहर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।