काठमाडौं- ललिता निवासमा जग्गा किनेका जग्गाधनीहरुको जग्गा जफत हुने भएको छ।
विशेष अदालतका सदस्यहरु डा खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने फैसला गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा बताए।
उनका अनुसार, जग्गा जफत भए पनि उनीहरुमाथि अरु कुनै सजाय र जरिवाना हुनेछैन। उनीहरुकाे जग्गा जफत हुनुपर्ने माग सरकारले गरेकाे थियाे।
विशेषले उक्त प्रकरणमा रामकुमार सुवेदी र शाेभकान्त ढकालसहित १२ जनालाई दाेषी ठहर गर्ने फैसला सुनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।