काठमाडौं- ललिता निवास प्रकरणमा विशेष अदालतले १२ जनालाई दोषी ठहर गरेको छ। अदालतले रामकुमार सुवेदी, शोभाकान्त ढकाल, कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको हो।
विशेष अदालतका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार फैसला सुनाएको हो।
उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मंगलबार बहस सकिएको थियो।
अख्तियारले ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको विषयमा २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। ललिता निवास जग्गा प्रकरणमा अख्तियारले ४ पूर्वमन्त्री र ३ पूर्व सचिव सहित १७५ जनालाई प्रतिवादी बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।