काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने महासमितिको बैठकमा प्रस्तुत हुने प्रतिवेदन आजको केन्द्रीय समितिको बैठकले पारित गर्ने कार्यसूची समेत रहेको छ।
बैठकले पार्टी उपसभापति पूर्णबहादुर खड्काले तयार गरेको ५६ पृष्ठको नीति प्रतिवेदन पारित गर्दैछ।
यस्तै बैठकले महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले तयार गरेको समसामयिक राजनीतिक प्रतिवेदन पनि पारित कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।