काठमाडौँ- नेपाल (माओवादी केन्द्र)को विधान अधिवेशन काठमाडौंमा जारी छ। मङ्गलबारदेखि कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको अधिवेशनको बैठक बिहीबार ११ बजे बस्नेछ।
माओवादीको विधान अधिवेशनका क्रममा सुझाव संकलन गर्ने क्रम जारी छ। यसका लागि सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो। २० समूहमध्ये बुधबार १३ समूहबाट सुझाव प्रस्तुत भएको थियो भने आज ७ समूहबाट सुझाव लिइनेछ।
बुधबार विधान सम्मेलनमा सहभागीहरुले प्रत्यक्ष निर्वाचनबाट पदाधिकारी चयन गर्नेदेखि चुनाव चिह्न बदल्नेसम्मका सुझाव दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।