• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २९, २०८२ Sat, Nov 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कस्तो हुन्छ अपांगता अनुकूल समाज?

64x64
नेपाल लाइभ शनिबार, भदौ ३०, २०७५  १२:३५
1140x725

कुनै पनि व्यक्ति आफ्नो घरबाट कार्यालय, विद्यालय वा आफू जानु पर्ने ठाउँसम्म निर्बाध तरिकाले पुग्न, प्रवेश गर्न, घुमफिर गर्न, संरचनाभित्रका सेवा सुविधा प्रयोग गर्न र काम फत्ते गरेर फर्किन कुनै पनि किसिमको भौतिक पूर्वाधारजन्य अवरोध छैन भने त्यस्तो अवरोधमुक्त समाजलाई पहुँचयुक्त समाज भनेर भनिन्छ। तर हाम्रो समाजको चित्र यसको ठीक उल्टो छ। 

हाम्रा सहर र बस्तीका पाईला-पाईलामा मृत्युको बल्छी थापेर बसेका छन्। राजधानी सहरका सडकभरी मान्छे खस्ने बडाबडा भ्वाङ छन्। ढलनलको उचित व्यवस्थाको अभावमा ती सडक खोला बन्छन् र मान्छे बगाउछन्। सडकहरु सडकजस्तै छैनन्। पीच टाँसेपछि र फोरेर फराक पारेपछि एकसडक बन्छ भन्ने सोच हावी छ। ती अलकत्रे चौरमा न पर्याप्त जेब्राक्रस छन्, न फुटपाथ, आकाशे पूल, लेन छुट्याउने होचो पर्खाल, न ट्राफिक लाईट।

पूर्वाधारशून्य यी चौरहरुमा ब्रेलमार्ग (ट्याकटायल), र्‍याम्प, अडियो गाईड लगायतका पूर्वाधार राखेर अपांगता भएका व्यक्तिलाई सहज बनाउनु पर्छ भन्ने कर्तव्यबोध असाध्यै निम्छरो छ। हालिएका ठाउँका हरिबिजोग छ। न ढंग मिलाईएको छ, न जतन गरिएको छ। पथप्रदर्शन गर्ने ट्याकटायल जथभावी हालिदा त्यसले उल्टो दिग्भ्रमित बनाएको छ, दुर्घटना निम्त्याएको छ।

 रत्नपार्क, भृकुटीमण्डप वरिपरी यस्तो दृश्य देख्न पाईन्छ। साँघुरा फुटपाथहरुमा पुराना रुख हटाउनु परै जाओस्, नयाँ रुखसमेत रोपिएको छ। शहर हरियो बनाउने नाममा यसरी धराप थाप्नुलाई जायज काम भन्न सकिन्न। रुख जोगाउछु पर्छ दुईमत छैन। तर फुटपाथको रुख जोगाएर काम छैन। त्यसले विपद निम्त्याउँछ। हावाहुरीमा ढल्ने जोखिमबाहेक अपांगता भएका व्यक्तिलाई त्यसले पिर्छ। बिजुलीका पोल, लत्रेका तार सबैले जोखिम बढाएका छन्। यी अस्तव्यस्त संरचना सबैका लागि पिराहा बनेका छन्। अपांगता भएका व्यक्तिलाई झन् बढी दुख दिएका छन्। 

सार्वजनिक संरचनामा मात्र हैन, निजी संरचनामा पनि पहुँचयुक्तताबारे ख्याल गरियो भने आफैंले बुढेसकालमा सुख पाईने हो भन्ने आत्मकेन्द्रित सोच नै राखियो भने पनि राम्रै हुन्छ । एउटा घर घटीमा ३ पुस्ताको ओत हो । बालक, बयस्क र वृद्ध। अपांगता भएका ब्यक्ति घरमा छैनन् भनेर उम्कन खोजेपनि आफूले बनाएको घर आफ्ना बालबालिकाका लागि कत्तिको सहज, सरल र असल छ भनेर सोचियो भने निजी घर पहुँचयुक्त बनाउने प्रेरणा मिल्छ। नाली थुनिएर, ससाना खोल्सी थुनिएर बर्खाको पानी घरभित्रपस्ने समस्याका कारण घरको जग अलिकति उठाउनुपर्ने बाध्यता छ। साँघुरा घडेरी भएकोले ५ फिट खुल्ला छोडिएको ठाउँमा पहुँचयुक्त र्‍याम्प बनाउन त परै जाओस्, मोटरसाईकल उकाल्न समेत सहज छैन। यी व्यवहारिक कठिनाइका बाबजुद निजी घरलाई पनि पहुँचयुक्त बनाउन भर्‍याङमा मार्बलजस्ता चिप्लने सामाग्री नहाल्ने, झ्यालका छेस्किनीहरु खोल्न सहज होस् भन्न झ्याललाई होचो बनाउने, धारा, बेशिन, भान्साको स्ल्याब, बिजुलीका स्विचहरु २ फिट ६ इन्चदेखि ३ फिटको उचाईभित्र राख्ने, भर्‍याङ खुडकिलो १२ इन्च चौडा र ६ इन्चभन्दा अग्लो नबनाउने, कोठाहरुको सतह तलमाथि नपार्ने, ढोकाको तल अवरोध नराख्ने, ढोकाहरु गह्रौ नबनाउने जस्ता सामान्य उपाय अबलम्बन गरी निजी घर पहुँचयुक्त बनाउन सकिन्छ। 

अपांगता समस्या होईन, हामीले बनाएका धराप संरचना समस्या हो भनेर हामीले आत्मसात गर्न अझैं सकेका छैनौं। सडक सहज भैदिए, कार्यालय, विद्यालय, मन्दिर, पुस्तकालय, पार्क, संग्रहालय, धारा, शौचालय पहुँचयुक्त बन्न सक्यो भने अपांगता भएका व्यक्तिको जिन्दगीको रथ कही कतैपनि रोकिंदैन। धारा छ, पानी खान सकिंदैन। शौचालय छ, पिसाब फेर्न सकिंदैन। बस छ, चढ्न सकिंदैन। किताब छ, पढ्न सकिंदैन। रेष्टुरेन्ट छ, खान जान सकिंदैन। स्कूल छ, पढ्न जान सकिंदैन। टिभी छ, बोलेको सुनिदैन, लेखेर देखाउदैन। किन यस्तो हुन्छ? संसारभर यस्तै हुन्छ, जापान, अमेरिका र बेलायतमा यस्तै हुन्छ? हुन्न। ब्यक्ति समस्या हैन। समस्याका अवरोध पन्छाउन जाँगर नदेखाउने, कर्तव्यबोध नगर्ने परिपाटी झांगिंदै जाँदा समस्याहरु चुलिएका हुन्। 

पहुँचयुक्त संरचना निर्माणका लागी नेपालमा नियम कानुन नभएको हैन। नेपाल सरकारले अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ लागू गरिसकेको छ। यो निर्देशिकाले सडक, पार्क, सवारी साधन, अस्पताल, विद्यालय जस्त सार्वजनिक महत्वका संरचनालाई कसरी पहुँचयुक्त बनाउन भन्ने प्राविधिक उपाय पनि सुझाएको छ। तर, कार्यान्वयन निम्छरो छ। 

Ncell 2
Ncell 2

केही समयअघि ट्याक्सीका छत हटाउने अभियान चल्यो। छत हटाउने अभियानकर्ताले ह्वीलचियर प्रयोगकर्ताको ह्वीलचियर ट्याक्सीभित्र अटाउँछ कि अटाउदैन भनेर सोच्दै सोचेनन्। साझा यातायात सेवाले सेमी लो फ्लोर बस ल्याएर सेवा शुरु गरेको छ। तर त्यो बस गुड्न काठमाडौंको बाटो गतिलो छैन। बस स्टपहरु पहुँचयुक्त छैनन्। सडक छेउमा पर्याप्त र मिलेका र्‍याम्पहरु छैनन्। सार्वजनिक सवारीमा सिट आरक्षण गरिएपनि त्यसको कार्यान्वयन त्यति प्रभावकारी छैन। सिट आरक्षण र पहुँचयुक्त भौतिक संरचना निर्माण दया र मायाको विषय हैन। अधिकारको विषय हो।

यो अधिकार कसैबाट हनन हुनु हुँदैन। यो कर्तव्यबोध हुनु र सरकारी नियम कानूनको पालना हुनु जरुरी छ। पहुँचयुक्त संरचना डिजाइनबारे इन्जिनियरहरुलाई पढाउनु पनि जरुरी छ। कसरी बनाउने भन्ने मेसो नपाएर धेरैजना अल्मलिएका छन्। बनाउन खोज्दा खोज्दै गल्ति पनि गरिरहेका छन्। त्यसकारण पहुँचयुक्त संरचना निर्माणका आयाम र विषयवस्तुको गहिराईबरे इन्जिनियर, निर्माणकर्मी र निर्माण व्यवसायीलाई सिकाउने कार्यक्रमहरु पनि चलाउनु जरुरी छ। 

कार्यालय स्थलहरु पहुँचयुक्त नभएकोले आफ्नो विषयवस्तुमा असाध्यै दक्ष भएपनि रोजगारको अवसरबाट अपांगता भएका व्यक्तिहरु पछि पारिएका छन्। यो तीतो कथा अब दोहोरिन हुँदैन। सानो खर्चमा भएका भौतिक संरचनालाई सुधार गर्नुपर्छ। माया दया गरेर बोकेर, डोहोर्‍याएर लैजाउला भन्ने सोच राख्नु हुँदैन। त्यसो गरिदा अपांगता भएका वक्तिको आत्मसम्मानमा धक्का लाग्छ। पहुँचयुक्त भौतिक वातावरणमा निर्वाध रुपले आफ्नो काम आफैले गर्न पाउनु उहाँहरुको अधिकार हो। अपांगता भएकै कारण चाहेको विषय, चाहेको कलेज वा विश्वविद्यालयमा पढ्न नपाउनु असाध्यै दुखको विषय हो। हाम्रा विश्वविद्यालय र क्याम्पसहरुले पहुँचयुक्तता गुरुयोजना नै बनाएर समग्र संरचना र परिसर पहुँचयुक्त बनाउन पटक्कै ढिला गर्न हुन्न। 

अपांगता भएका ब्यक्तिका लागी शहरी क्षेत्रभन्दा बढी अप्ठेरो अवस्था गाउँमा छ। ढलान गरेर मात्रै पहुँचयुक्त संरचना बन्छ भन्ने हैन। सीप र ढंग मिलाउन जानियो भने फलेक छापेर पनि र्‍याम्प बन्छ, बाँस वा काठ काटेर पनि रेलिङ बन्छ। स्थानीय सीप र प्रविधि अनुसार संरचनालाई पहुँचयुक्त बनाउन नसकिने हैन। 

पहुँचयुक्त संरचना निर्माणका केही सर्वव्यापी सिद्धान्तहरु छन्। ती मार्गनिर्देशक सिद्धान्तका आधारमा स्थानीय मापदण्ड तय गरिएका छन्। जस्तै पहुँचयुक्त ¥याम्प बनाउँदा त्यसको भिरालोपनको अनुपात १स्१२ हुनुपर्दछ भने रेलिङको माथिल्लो भागको उचाई  ३ फिटभन्दा बढी हुनु हुँदैन। २ इन्चको उचाईमा पनि रेलिङ राख्नुपर्छ, दायाँवायाँ ह्वीलचियर नलडोस् भनेर। त्यस्तै २ फिट ३ इन्चको उचाईमा पनि रेलिङ राखिनुपर्छ, जसले उचाई सम्बन्धी समस्या भएका ब्यीक्तलाई सहज बनाउँछ। र्‍याम्पमा चिप्लो सतह बनाउनु हुँदैन। यो एउटा उदाहरण मात्रै भयो। पहुँचयुक्त संरचनाका आयाम र गहिराई धेरै छन् । पहुँचयुक्त संरचना निर्माणका ७ सर्वव्यापी सिद्धान्त निम्नानुसार छन् । 

१. न्यायोचित प्रयोग 
भवनको डिजाइन तयार पार्दा सबैले समान रुपमा प्रयोग गर्न सक्ने हुनुपर्छ भन्ने कुरामा ख्याल राखिनु पर्दछ। सबैले भवन प्रयोग गर्ने माध्यम एउटै हुनुपर्छ। यदि यसमा एकरुपता कायम गर्न केही कारणवश सकिएन भने प्रयोग गर्दा अबलम्बन गर्ने माध्यम गोपनीयता, सुरक्षा र सहजताको दृष्टिकोणबाट चाँहि समान नै हुनुपर्छ। अपांगता भएका ब्यक्तिका लागी छुट्टै बाटो, शौचालय... भन्ने सोच राख्नु हुँदैन। 

२. प्रयोगमा लचकता
भवन वा अन्य संरचनाको डिजाइन गर्दा प्रयोगकर्तालाई यसको बनावटको विशेषता अनुसार प्रयोग गर्न बाध्य पारिने हिसाबले बनाउनु हुँदैन। अन्य फरक तरिकाले पनि प्रयोग गर्न सकिने गरी डिजाइनमा लचकता कायम गर्नुपर्छ। चलनचल्तीको शैली र प्रयोग गरिरहेको शैली भन्दा फरक किसिमले प्रयोग गर्नुपर्ने बाध्यता परेको बेलामा पनि सहजै प्रयोग गरिन शैलीमा डिजाइन गर्नु नै प्रयोगमा लचकता हो।

३. सरल र सहज 
भवनको प्रत्येक खण्ड र अंश डिजाइनको मूलभूत उद्देश्य सबैले सहज तरिकाले प्रयोग गर्न सकून भन्ने नै हो भन्ने कुरा डिजाइनरले आत्मसात गर्नु पर्दछ। यसका साथै प्रयोगकर्तालाई भवनका अवयव प्रयोग गर्ने तरिका पनि लेखेर, भिडियो वा अडियोमार्फत वा अन्य उपायद्धारा सिकाउनु पर्दछ। जस्तै शौचालयमा प्रयोग गरिने धारा, लिफ्ट प्रयोग गर्ने तरिका, अग्नी निरोधक ग्याँस प्रयोग गर्ने तरिका, आकस्मिक घण्टीको अवस्थिति र प्रयोग विधि स्पष्ट र सहज हुने गरी सिकाउने व्यवस्था गर्नु पर्दछ। उपयोग गर्ने तरिका प्रष्ट पार्न सकियो भने आपतकालिन अवस्थामा पनि भवन प्रयोगकर्ताले धेरै कष्ट बेहोर्नु पर्दैन। 

४. इन्द्रियगोचर (प्रत्यक्ष÷स्पष्ट) सूचना 
आफ्नो इन्द्रिय क्षमता विना नै भवन वा कुनै संरचनाका प्रयोगकर्तालाई प्रभावकारी सञ्चार सुविधाको सुनिश्चितता गरिनुपर्छ। यसका लागी विभिन्न उपाय अबलम्बन गर्न सकिन्छ। यस्ता उपायमा लिखित, मौखिक, सांकेतिक, श्रष्यदृश्य सामाग्री आदि पर्दछन्। 

५.त्रुटिप्रति सहिष्णुता
भवन वा अन्य भौतिक संरचनाको कुनै भाग, अंश वा खण्डको विशेषता कुनै प्रयोगकर्ताको लागी असहज, खतरनाक वा हानिकारक खालको छ भने त्यस्तो भागलाई हटाउनु, छुट्याउनु वा छेक्नु नितान्त जरुरी हुन्छ। यदि सम्भावित खतरालाई हटाउन छेक्न वा छुट्याउन केही कारणवश सम्भव छैन भने खास संकेत वा चिन्हद्धारा वा इन्द्रियले अनुभूत गर्न सक्ने गरी वा अडियो सन्देशद्धारा पनि सचेत गराउने सूचना प्रवाह गर्नु पर्दछ। 

६.न्यून बलको प्रयोग 
भवन वा संरचना बनाउँदा प्रयोगकर्ताले आफ्नो बल प्रयोग नगरी न्यून बलद्धारा प्रयोग गर्न सकिने किसिमको हुनुपर्छ। परम्परागत ढोकाहरु धेरै गह्रौ हुने र तिनलाई धकेलेर खोल्न धेरै बल प्रयोग गर्नुपर्दा बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिले अप्ठेरो पर्ने हुँदा ५ पाउण्डभन्दा कम बलमै खोल्न मिल्ने गरी ढोका, चुकुल र ह्याण्डलहरु बनाउनु पर्दछ। भवनका हरेक अंश र खण्ड न्यून बलको प्रयोगद्धारा उपयोग गर्न मिल्ने गरी डिजाइन गरिनुपर्छ। 

७.पहुँच र उपयोगका लागी आकार र स्थान 
भवनको वा अन्य संरचनाको डिजाइन गर्दा यसको बनावट सबैले प्रयोग गर्न सक्ने र उचित रुपले व्यवस्थित गर्न सक्ने प्रर्याप्त ठाउँ हुने किसिमले गर्नुपर्छ । जस्तै वास बेसिनको तल्लो भागमा खुल्ला छ भने ह्वीलचियर प्रयोगकर्ताले आफ्नो ह्वीलचियर बेसिनको तलपट्टि धकेलेर बेसिनको निर्वाध प्रयोग गर्न सक्छन् । तर त्यो भाग दराज बनाएर वा अन्य प्रयोजनका लागी बन्द गरिएको छ भने ह्वीलचियर प्रयोगकर्ताका लागी असहज हुनसक्छ । यसबाहेक सबै प्रयोगकर्ताले विशेष वा महत्वपूर्ण सुविधा वा सामाग्री राखिएको ठाउँ (जस्तै मन्दिरको मूर्ति, सभाहलको मञ्च आदि) मा निर्वाध रुपले पुग्ने÷प्रयोग गर्न सक्ने गरी आवतजावतको सजिलो बाटो उपलब्ध गराउनुपर्छ । त्यस्ता सुविधाहरुको आकार र स्थान छनौट गर्दा पहुँचयुक्ततालाई बिर्सिनु हुँदैन। 

पहुँचयुक्त भौतिक वातावरणमा निर्वाध जीवनयापन गर्न पाउने कानूनी अधिकारबाट अपांगता भएका ब्यक्तिहरु बन्चित छन् भन्ने तथ्यलाई नीति निर्माताले आत्मसात गर्न ढिला गर्नु हुन्न। नयाँ स्थानीय निकायहरुले आफ्ना निर्माणाधीन संरचनाहरुमा पहुँचयुक्ततालाई ख्याल गरिदिए भने मात्र पनि अवरोधको ठूलो हिस्सा घटाउन सकिन्छ । भएका नियमकानूनका पालना र सचेतनाका काम संगसंगै जान सके भने, मनभित्र गाँठा परेर बसेका अवरोधका पहाडहरु फोर्न सके भने पहुँचयुक्त समाजको कल्पना आकाशे फल बन्ने छैन । पहुँचयुक्त समाज निर्माणका लागी पहल गर्ने सबैको जय होस्। 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५  १२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट
नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने
एनपीएल सिजन २ : पहिलो खेलका टिकट 'सोल्ड आउट'
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने शुक्रबार, कात्तिक २८, २०८२
एनपीएल सिजन २ : पहिलो खेलका टिकट 'सोल्ड आउट' शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू शुक्रबार, कात्तिक २८, २०८२
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्