• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

१–२ दिनको भन्सार काटेर नेपाली सडकमा हप्तौं गुड्छन् भारतीय गाडी 

64x64
शेरबहादुर ऐर सोमबार, माघ २९, २०८०  ०८:०४
1140x725

धनगढी– केही दिन अगाडि, रातिको समयमा धनगढी भन्सारनजिक राखिएको थियो– डीएलबीसीएएस ५६९९ नम्बरको कार। यो सवारी भारतीय नम्बर प्लेटको हो। उक्त सवारी दैनिकजसो सोही क्षेत्रमा रातिको समयमा पार्किङ्ग गरेर राखेको देखिन्छ।

भारतबाट आउने नागरिकले बढीमा ७ दिनका लागि प्रतिदिन कारको लागि ३००, मोटरसाइकलको लागि १५० र टेलरसहितको ट्याक्टरका लागि ७५० रुपैयाँ भन्सार काट्नु पर्ने छ। तर धनगढीसहित कैलाली जिल्लाका धेरै ठाउँमा भारतीय नम्बरप्लेटका सवारी साधनहरु हप्तौंसम्म निर्वाध गुडिरहेका पाइन्छन्। यस्ता सवारीका साधनले १ या २ दिनको मात्रै भन्सार काटेका हुन्छन्। 

नाकामा केही वर्षयता धनगढीमा भारतीय नम्बर प्लेटका सवारी साधनको प्रयोग बढ्दै गएको छ। ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ नगर्दा भारतीय नम्बर प्लेटका सवारीबाट भन्सारले राजस्व गुमाउनुपर्ने अवस्था रहेको छ।

भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खडकाले भारतीय नम्बर प्लेटका सवारीबाट निश्चित शुल्क लिइ प्रवेश गराउने नियम रहेको बताए। उनले भने, ‘सरकारले सीमित अवधिका लागि भारतीय सवारी साधनलाई प्रवेश गराउन शुल्क लिने गरेको छ। नाकाबाट प्रवेश भएपछि कुन सवारी कुन सडकमा गुडे भन्ने हाम्रो चासोको विषय पनि होइन्।’ तर तोकिएको दिनभन्दा बढी समय कुनै पनि भारतीय नम्बर प्लेटका सवारी यहाँ गुडाउन नमिल्ने उनको भनाइ छ।

भन्सारले शुल्क लग्नेबाहेक त्यस्ता सवारी साधनको नियमनमा कुनै अधिकार नरहेको उनले बताए। ‘त्यस्ता सवारी साधनलाई चेकजाँच गरी कारबाहीको दायरामा ल्याउने काम ट्राफिक प्रहरीको हो,’ उनले भने।

nimb
nimb
Ncell 2
Ncell 2

भन्सार कार्यालयको तथ्याङ्कअनुसार भारतबाट दैनिकजसो २ देखि ३६ बढी भारतीय नम्बर प्लेटका सवारी साधन धनगढी आउने गरेका छन्। उनले भने, ‘दैनिक कति सवारी साधन प्रवेश गर्छन् भन्ने यकिन भन्न सकिँदैन। तर औसतमा दैनिक दुईटा भारतीय नम्बर प्लेटका सवारी साधन यो नाकाबाट प्रवेश गरेको देखिन्छ। कहिलेकाहीँ एकैदिन ३६ भन्दा बढी सवारी यहाँ घुम्न भनी नाकाबाट प्रवेश गरेको पनि देखिन्छ।’

उनका अनुसार भारतबाट त्रिनगर नाका भएर घुम्न आउने भारतीय नम्बर प्लेटका सवारीले १ हप्तासम्मको समय लिएर आउने गरेका छन्। तर त्यसपछि ती गाडि यही गुडिरहेका हुन्छन् वा हुँदैन भन्नेबारे भन्सारले चासो नराख्ने उनले बताए।

भारतीय नम्बर प्लेटका सवारी अनुमति अवधिभन्दा बढी यही बस्नेमात्र नभइ तोकिएको क्षेत्रभन्दा बाहिर पनि घुम्न जाने गरेको पाइएको छ।
भारतीय नम्बर प्लेटका सवारीले प्रवेश भएको नाकाबाट १० किलोमिटरसम्म मात्र घुम्न जान पाउने नियम रहेको छ। तर धनगढीलाई देखाउँदै भारतीय नम्बर प्लेटका सवारी अत्तरिया, खानीडाँडा, कर्णाली लगायतका क्षेत्रमा पनि पुग्ने गरेका छन्।

यसबीचमा थुप्रै ट्राफिक चेकपोस्ट रहेको भए पनि भारतीय नम्बर प्लेटका सवारीलाई ट्राफिक प्रहरीले कारबाही गर्न नसकिरहेको स्थानीयहरुको गुनासो रहेको छ। एक स्थानीयले भने, ‘ट्राफिक प्रहरीले पैसा लिएर उनीहरुलाई छोड्ने गरेको छ।’

ट्राफिक प्रहरीको फितलो व्यवस्थापनका कारण भारतबाट आएका सवारी साधन समेत समस्यामा पर्ने गरेका छन्। सीमा क्षेत्रबाट आउने भारतीय सवारी साधनलाई सीमा नाकामा नेपाल प्रवेश गर्दा आवश्यक पर्ने कागजातहरुका बारेमा जानकारी नगराउँदा ८–१० वटा ट्राफिक युनिट कटेपछि भारतीय सवारी साधन रोकेर रकम असुली गर्ने गरेको उनको भनाइ छ।

सुदूरपश्चिम ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनिल उप्रेतीले ट्राफिक प्रहरीले नियम अनुसार नै काम गरिरहेको बताए। उनले भने,‘कुनै पनि बहानामा रकम नलिने र सवारी नियमलाई कडाइका साथ लागु गरेका छौँ।’ उनले भारतीय नम्बर प्लेटका सवारी साधनका कागजपत्र हेरेर नियमअनुसार गुड्न दिइरहेको बताए।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार काठमाडौँमा भएको संघको चौँथो साधारणसभाले गहतराजको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। आगामी दुई वर्षका लागि निर्... शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने नापी विभागका अनुसार दुवै देशका नागरिकले सीमा क्षेत्रमा एकअर्काको भूभागमा पर्ने जग्गा भोगचलन गर्दै आएका छन्। प्रविधिको प्रयोग गरी त्य... शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीहरूले तोकिएका बिक्री केन्द्रबाट उपभोक्तालाई ग्यास उपलब्ध ग... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्