काठमाडौं– संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको साँखुस्थित साली नदी पुगेका छन्।
स्वस्थानी मेला लागिरहेको अवसर पारेर अध्यक्ष ओली साली नदी पुगेका हुन्। त्यहाँ पुगेर उनले माधवनारायण मन्दिरमा पूजा समेत गरेका ओलीको सचिवालयले जनाएको छ।
स्वस्थानी ब्रत कथा आरम्भ भएसँगै साली नदीमा हरेक वर्ष मेला र धार्मिक महोत्सव लाग्ने गर्छ।
एमाले अध्यक्ष ओली यसअघि पनि विभिन्न शक्तिपीठ र धार्मिक धामहरुमा घुम्दै आएका छन्। भौतिकवादी भनिने कम्युनिस्ट नेताले राजनीतिक फाइदाका लागि मठ–मन्दिर धाउने गरेको भन्दै एमाले अध्यक्ष ओलीको आलोचना समेत हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।