काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६०.१५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ४४ पैसा र बिक्री दर १३३ रूपैयाँ ०४ पैसा रहेको छ। यस्तै युरोको एकको खरिद दर १४२ रूपैयाँ ५५ पैसा र बिक्री दर १४३ रूपैयाँ १९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, पाउण्ड सटर्लिङ भने ४२ पैसाले घटेर एकको खरिद दर १६६ रूपैयाँ ८९ पैसा र बिक्री दर १६७ रूपैयाँ ६५ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ०१ पैसा र बिक्री दर ८६ रूपैयाँ ४० पैसा तथा क्यानेडियन डलरको एक खरिद दर ९८ रूपैयाँ २५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६९ पैसा कायम गरिएको छ।
यसैगरी कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ३२ पैसा र बिक्री दर ३६ रूपैयाँ ४८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ३२ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ४८ पैसा, यूएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २३ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर २७ रूपैयाँ ७७ पैसा र बिक्रीदर २७ रूपैयाँ ८९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
कुवेती दिनार एकको खरिद दर ४२९ रूपैयाँ ९३ पैसा र बिक्री दर ४३१ रूपैयाँ ८८ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ३४ पैसा र बिक्री दर ३५२ रूपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।