काठमाडौं– काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले निर्देशित जग्गा विकास (गाइडेड ल्याण्ड डिभलपमेन्ट (जीएलडी) नक्सालाई बस्ती, समाज र भूगोलको वास्तविक अवस्थामा आधारित बनाउनु पर्ने बताएकी छन्। बिहीबार बसेको पूर्वाधार निर्माण र शहरी व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसँगको समन्वय बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।
‘यसअघिको नक्सा टेबुलमा बसेर बनाइएको हो। यो नक्सा योजना कार्यान्वयन गर्ने ठाउँमा गएर वस्तुस्थिति अध्ययन गरेर मात्र तयार पार्नुपर्छ। यसले कार्यान्वयन योग्य नक्सा बन्छ र विकासमा स्थानीय सहभागिता बढ्छ। अपनत्व हुन्छ,’ डंगोलले भनिन्, ‘युनिभर्सल डिजाइनमा काम गरौँ। यसबाट पूर्वाधार पहुँचयुक्त हुन्छन्। विकास सबैका लागि हुन्छ।’
उपत्यका विकास प्राधिकरणका सूचना अधिकारी सौरभ ढकालका अनुसार महानरपालिका क्षेत्र भित्र ४७५ किलोमिटर निर्देशित जग्गा विकासअन्तर्गतको सडक छ। यसमध्ये ३ सय किलोमिटर खोलिसकिएको छ।
बैठक नियमित भए पनि नतिजाका बारेमा भन्न नसकिएको बताउँदै उनले आउँदो बैठक अघि नियन्त्रण कक्ष (कन्ट्रोल रुम) तयार गरिसक्ने र आउँदो बैठकमा विगतका निर्णयको समीक्षा गर्ने परिपाटी थालिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।