काठमाडौं– ज्यान मार्ने धम्की दिँदै ५ करोड रुपैयाँ फिरौती माग्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेका २ जनालाई आज (बिहीबार) पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ।
एक व्यक्तिलाई अपहरण तथा ज्यान मार्ने धम्की दिइ ५ करोड माग गरिएको भन्ने उजुरीपछि अनुसन्धान गरेको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।