काठमाडौं- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभा सदस्य बन्ने कुरा अपमान जस्तो लाग्न थालेको बताएका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले आफूलाई अपमानजनक पदबाट कहिलेदेखि मुक्ति हुन पाइएला भन्ने लागेको उल्लेख गरे। आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिस्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रस्तुत गर्न नसकेको बताउँदै उनले नेपाल कसरी अघि बढ्ने भन्ने ढाँचा कसैले पनि दिन नसकेको दाबी गरे।
गौतमले भने, ‘लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने काम यो संविधानको हो। नेपाली जनताको हो। यो संविधान जारी गर्नेहरुको हो। बहुदलीय प्रतिष्पर्धाको प्रणालीबाट कस्ते किसिमको समाज निर्माण गर्नुपर्छ भन्ने परिकल्पना त्यो संविधान निर्माण गर्नेले त्यसै बेलादेखि देखेका छन्। आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिस्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रस्तुत गर्न सक्नुभएको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।