काठमाडौं– संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधवार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबाट महासचिव पाण्डेयले शपथ लिएका हुन्।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसद्को महासचिवमा पदमा नियुक्त गरेका थिए। महासचिव हुनका लागि उनले सचिव पदबाट राजीनामा दिएका थिए।
पाण्डेय महान्यायाधिवक्ता कार्यलयबाट राजीनामा दिएर संसद् सेवामा आएका हुन्। उनी नागरिकता विवादमा पनि परेका छन्। उनको नागरिकता छानबिनमा रहेको संसद् सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।