काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले संसद्मा कानुन निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ।
मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले संसद्को चालु अधिवेशनमा कानुन निर्माणको काममा केन्द्रित हुने गरी संसद्मा आफ्नो सशक्त उपस्थिति देखाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएको हो।
कानुन निर्माणको काममा पार्टीका सांसदहरुलाई केन्द्रित हुन बैठकले निर्देश गरेको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए। बैठकमा सांसदहरुलाई संसद्ले जारी गरेको क्यालेण्डर अनुसार उपस्थित हुन पनि सचेत गराएको थियो।
प्रमुख सचेतक यादवले भने, ‘आज संसदीय दलको बैठकमा हिउँदे अधिवेशनको बारेमा छलफल भयो। अरु समसामयिक विषय पनि छलफल भयो। हिउँदे अधिवेशनमा पार्टीको भूमिका कस्तो रहने, सांसदहरुको भूमिका कस्तो रहने भन्ने विषयमा छलफल भयो। संसद्मा अधिकभन्दा अधिक उपस्थित हुने यो विषयमा हाम्रो छलफल रह्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।