काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक स्थितिको अवस्था सार्वजनिक गर्दै चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि भइ ७ खर्ब ३३ अर्ब २२ करोड भित्रिएको जनाएको छ।
गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भइ ५ अर्ब ५२ करोड पुगेको छ। गत वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो।
त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।