• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुरु भयो संसद्को हिउँदे अधिवेशन, भएन टिआरसीमा सहमति

64x64
नेपाल लाइभ सोमबार, माघ २२, २०८०  १२:३०
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेशदेखि विदेशसम्मको मञ्चमा पछिल्लो समय गर्ने भन्दै आएको साझा कुरा हो संक्रणकालीन न्यायसम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ।

प्रधानमन्त्रीले पछिल्लो पटक असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा पुग्दा र त्यहाँबाट फर्केर त्रिभुवन विमानस्थलमा पत्रकारसँग पनि यही बाचा दोहोर्‍याएका थिए। प्रधानमन्त्रीले हिउँदे अधिवेशनको पहिलो दिन नै दलहरुको सहमतिमै टिआरसी विधेयक पेस हुने दाबी गरेका थिए।

संसद्को हिउँदे अधिवेशन सोमबारबाट सुरु हुदै छ। तर उक्त विधेयक भने संसदको समितिमै अलपत्र रहेको छ। संसद्को कानुन न्याय तथा मानव अधिकार समितिमा उक्त विधेयक अलपत्र रहेको छ। समिति शीर्ष नेताको सहमतीको बाटो कुरेर बसेको छ भने शीर्ष दलका नेताहरु आ–आफ्नै अडानमा अडिक छन्।

प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाबीचमा केही दिनअघि बालुवाटारमा ‘वान टु वान’ वार्तासमेत भएको थियो। उक्त वार्तामा एमाले अध्यक्ष ओलीले उक्त विधेयक पारित गर्नका लागि केही शर्त अघि सारेका थिए। दुई नेताका बीचमा लामो कुराकानी भएपछि सहमति भएन।

सत्ता गठबन्धनभित्र रहेको नेपाली कांग्रेस, एकीकृत समाजवादी तयार भए पनि प्रतिपक्ष तयार नभएपछि समितिमा छलफल हुन नसकेका हो। २०८० असोज २३ गते बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयकमा सहमति जुटाउन गठित उपसमितिले आफ्नो प्रतिवेदन बुझाएको थियो।

उप–समितिले चार महिना लगाएर केही विषय शीर्ष नेतालाई जिम्मा दिँदै विधेयकको प्रारम्भिक समितिको खाका बुझाएको थियो। उप–समितिले प्रतिवेदन बुझाएको तीन महिनासम्म पनि मूल समितिले विधेयक टुङ्गाउन सकेको छैन।

समितिले बल्लमात्र उक्त विधेयकमा गम्भीर छलफल सुरु गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्ता गठबन्धनका शीर्ष नेताहरुले हिउँदे अधिवेशनमा सहमतिमै विधेयक पारित हुने सार्वजनिक मन्तव्य दिइरहँदा विधेयक भने समितिमै रुमल्लिएको हो। कानुन न्याय तथा मानवअधिकार समितिले जेठ ५ गते उपसमिति बनाएको थियो। करिब ७ महिनादेखि यो प्रक्रियामा आक्कल झुक्कल छलफल हुने अनि थाती रहने हुँदै आएको छ।

प्रतिवेदनमा चारवटा विषयमा भने थप छलफलबाट टुंगोमा पुग्नुपर्ने भनेर राखिएको थियो। उक्त चार बुँदामा मानवअधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रुपमा क्रुरतापूर्वक (आर्बीट्ररी) गरिएको हत्या र दोहोरो भिडन्त बाहेक गरिएको हत्यामध्ये कुन समावेश गर्ने भन्ने टुंग्याउन बाँकी रहेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गर्ने, मानवअधिकारको उल्लंघनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने र घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत तोकेर जाने भन्ने पनि थप छलफल गरेर टुंग्याउनुपर्ने उपसमितिले सुझाएको थियो। 

तर यी कुरामा दलहरुकाबीचमा कुरा नमिल्दा विधेयक अघि बढ्न नसकेको र सहमतिको प्रयास चलिरहेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। समिति र शीर्ष तह दुवैतिरबाट सहमतिको प्रयास भइरहेको र अब हिउँदे अधिवेशनअघि टुङ्गिने विश्वास रहेको बताए।

सरकारले हिउँदे अधिवेशन माघको १८ गतेबाट बोलाउने तयारी गरेको छ। यसअघि उक्त विधेयक टुङ्गाउने छलफल मानव अधिकार समितिले पनि सुरु गरेको छ। मानव अधिकार समितिकी सभापति विमला सुवेदीले यो विषय लामो समयदेखि विचाराधीन भएको र महत्त्वपूर्ण विषय पनि भएकाले निरन्तर छलफल गरेर टुङ्गाउन चाहेको बताइन्।

यसका लागि सबै दल, शीर्ष नेता र सांसदहरु तयार हुनुपर्ने उनले बताइन्। उनले यो विधेयक राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमासमेत चासोका साथ हेरिएकाले सकेसम्म सहमतिमै टुङ्गाउने आफ्नो प्रयास हुने बताइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

समितिले छलफलसमेत सुरु गरिसकेको छ। समितिले गत शुक्रबार कानुनमन्त्री धनराज गुरुङलाईसमेत छलफलमा बोलाएको थियो।  ‘पहिलो छलफलले केही आकार लिएको छ। अब हुने छलफलले सहमतिमै टुङ्गाउन सकिन्छ भन्ने विश्वास बढेको छ,’ सभापति सुवेदीले भनिन्, ‘अर्को बैठकको मिति तय भएको छैन। सांसदहरु चाडपर्व भएका कारण उपत्यका बाहिर हुनुहुन्छ फर्केपछि वैठक राखेर छलफल अघि बढाउँछु। यसलाई जतिसक्दो छिटो टुङ्गाउने मेरो प्राथमिकता छ।’

प्रक्रियाबाट अघि बढ्ला?  
सत्ता गठबन्धन सहमति हुन नसकेमा अब प्रक्रियाबाटै विधेयक टुङ्गोमा पुर्‍याउने मनसायमा रहेको छ। नेकपा एमाले सहमतिमा नआएमा सत्ता गठबन्धनले दुवै सदनमा बहुमतले पारित गर्ने सोच बनाएको छ। यो अधिवेशनमा जसरी पनि विधेयक पारित गर्नुपर्ने भएकाले केही समय एमालेलाई पर्खिने र साथ नपाएमा अधिकतम सहमति जुटाएर अघि बढ्ने समितिको तयारी छ।

मानवअधिकार समितिको सभापति माओवादीले पाएकाले विधेयक अघि बढाउन सकिने निष्कर्षमा सरकार रहेको छ। 

प्रक्रियामै जानुपर्ने एमालेको तर्क 
एमाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा विगतभन्दा केही नरम देखिएको छ। शीर्ष नेताको बैठक र संसदीय समितिमा उसको प्रस्तुतिले त्यही देखाइरहेको छ।

एमाले सकेसम्म सहमति र यदि हुन सकेन भने प्रक्रियाबाटै भएपछि विधेयक अब टुङ्गाएर संसद्‌मा पेस गर्नुपर्ने पक्षमा आवाज राख्दै आएको छ। नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले विधेयकका असहमतिका विषयमा सहमतिमा टुङ्ग्याउन सकिने र सकिएन भने प्रक्रियाबाट पनि निष्कर्षमा पुर्‍याउनुपर्ने बताए। 

‘विधेयकका असहमतिका विषय सहमतिमा टुङ्ग्याउन सकिन्छ भने कोसिस गरेर टुङ्गाउनुपर्छ,’ उनले भने,  ‘यदि सहमति भएन भने विधेयक निर्माणको आफ्नै प्रक्रियामा अघि बढाउनुपर्छ। सांसदहरुले आफ्नो राय दिएर पठाउँछन्।’ उक्त विधेयकमा सत्य पत्ता लगाउने, न्याय, परिपूरण र सजायका विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ। 

९ वर्षदेखि अल्झिरह्यो विधेयक 
सरकारले पहिलो पटक २०७१ माघ २७ गते द्वन्द्वकालीन मुद्दाको सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको थियो। २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा र अन्तरिम संविधानमा ६ महिनाभित्र संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाको छानबिन गर्न आयोग गठन गर्ने भनिएको थियो। 

सोही आधारमा टेकेर ७ वर्षपछि ऐन बनाउन सुरु भएको थियो। यो प्रक्रिया २०८० सम्म चलि नै रहेको छ। यसबीचमा सरकारले ऐन जारी गर्ने आयोग बनाउने अनि पदाधिकारी नियुक्त गर्ने गरेको छ भने अदालत, अन्तर्राष्ट्रिय समुदाय र पीडितले त्यसलाई अस्वीकार गर्ने गोलचक्कर पनि चलि नै रहेको छ।

२०६८ भदौ ११ मा बाबुराम भट्टराई नेतृत्वको सरकार गठन भएसँगै द्वन्द्वकालीन मुद्दा अदालत पुग्न र अन्तर्राष्ट्रियकरण हुन थालेपछि दलहरुले छानबिन आयोग गठनका लागि विधेयक मस्यौदाको तत्परता देखाएका थिए। तर विधेयकले कानुनी रुप लिएसँगै सर्वोच्च अदालतमा मुद्दा पर्‍यो र अन्तर्राष्ट्रिय मानवअधिकारको मर्मअनुकूल नभएको भन्दै खारेज भयो।

सर्वोच्चको आदेश अनुरुप २०७० मा नयाँ विधेयक निर्माण भयो, ऐन पनि जारी गरियो। सोही ऐनअनुरुप २०७१ माघ २७ मा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरुको अवस्था छानबिन गर्न दुई बेग्लाबेग्लै आयोग गठन भयो। त्यसअघिको कानुनमा यी दुवैलाई मिसाएर एउटै आयोग प्रस्तावित थियो।

राजनीतिक खिचातानीका कारण आयोग गठनको प्रक्रिया अवरुद्ध बनेपछि ८ वर्षमा आयोग गठन भएको थियो। आयोग त गठन भयो तर नियम नबनाइदिएर सरकारले १४ महिना दुवै आयोगलाई निष्क्रिय बनायो। ऐनमा आयोगको समयावधि दुई वर्ष तोकिए पनि नियमावलीको अभावमा एक वर्षभन्दा बढी समय त्यत्तिकै बित्यो। १४ महिनापछि मात्र नियमावली बन्यो। २०७३ बैशाखदेखि उजुरी संकलन थालेको आयोगको म्याद २०७३ माघमै सकियो।

त्यसपछि एक वर्षको अवधि थप भयो। आयोगहरुले पीडितको उजुरी लिन थालियो सत्य निरुपण आयोगमा ५८ हजार र बेपत्तामा ३ हजारको संख्यामा  उजुरी दर्ता भयो। आयोगका उजुरी दर्ता भएर सामान्य छानबिन चलिरहँदा आयोगको क्षेत्राधिकारदेखि ऐनमा केही समस्या भएको भन्दै पुनः विवाद उत्पन्न भयो।

अधिकारकर्मी तथा पीडितहरुले दोस्रो मुद्दा सर्वोच्च पुगे। सर्वोच्चले कानुन संशोधन गरेर मात्र प्रक्रिया अगाडि बढाउन आदेश दियो। सरकारले सर्वोच्चको आदेशअनुरुप कानुन संशोधन नगरेका कारण शान्ति प्रक्रियाको यो महत्वपूर्ण कार्यभार पुनः अवरुद्ध भएको छ।

२०७१ फागुन १४ मा सर्वोच्चले ऐनका केही व्यवस्था निष्क्रिय हुने आदेश दिएपछि संशोधन हुनुपर्ने ऐन अहिलेसम्म रोकिएको छ। हरेक नयाँ सरकार गठनसँगै यो विषय उठे पनि कानुन संशोधन हुन सकेको छैन। हाल आयोग रहेको छ तर पदाधिकारी छैनन । नयाँ पदाधिकारी नियुक्तीका लागि पनि सरकारले विधेयक पहिला टुङ्गाउनुपर्ने दबाब रहेको छ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने
देउवा कांग्रेसले भन्योः ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो
कर्णाली टस जितेर बलिङमा
सम्बन्धित सामग्री
देउवा कांग्रेसले भन्योः ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते तोकिएको छ । बिहीबार, कात्तिक १२, २०८३
कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले सभापतिसँग खाए शपथ बिहीबार सानेपामा आयोजित समारोहमा उनीहरूलाई शपथ खुवाइएको हो । बिहीबार, कात्तिक १२, २०८३
कोप-३१ मा जलवायु वित्त र पर्वतीय मुद्दालाई प्राथमिकता दिने तयारी, मन्त्री चौधरी र सभामुख अर्यालबीच छलफल सम्मेलनमा नेपालको सहभागिता प्रभावकारी बनाउने विषयमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र प्रतिनिधिसभाका सभामुख डीपी अर्यालबीच... बिहीबार, कात्तिक १२, २०८३
ताजा समाचारसबै
चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने बिहीबार, कात्तिक १२, २०८३
देउवा कांग्रेसले भन्योः ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो बिहीबार, कात्तिक १२, २०८३
कर्णाली टस जितेर बलिङमा बिहीबार, कात्तिक १२, २०८३
मोइन अलीको नाममा एनपीएलको तेस्रो अर्धशतक बिहीबार, कात्तिक १२, २०८३
चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असर : सरकारद्वारा उच्च सतर्कता अपनाउन निर्देशन बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्