• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २८, २०८३ Mon, May 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुरु भयो संसद्को हिउँदे अधिवेशन, भएन टिआरसीमा सहमति

64x64
नेपाल लाइभ सोमबार, माघ २२, २०८०  १२:३०
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेशदेखि विदेशसम्मको मञ्चमा पछिल्लो समय गर्ने भन्दै आएको साझा कुरा हो संक्रणकालीन न्यायसम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ।

प्रधानमन्त्रीले पछिल्लो पटक असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा पुग्दा र त्यहाँबाट फर्केर त्रिभुवन विमानस्थलमा पत्रकारसँग पनि यही बाचा दोहोर्‍याएका थिए। प्रधानमन्त्रीले हिउँदे अधिवेशनको पहिलो दिन नै दलहरुको सहमतिमै टिआरसी विधेयक पेस हुने दाबी गरेका थिए।

संसद्को हिउँदे अधिवेशन सोमबारबाट सुरु हुदै छ। तर उक्त विधेयक भने संसदको समितिमै अलपत्र रहेको छ। संसद्को कानुन न्याय तथा मानव अधिकार समितिमा उक्त विधेयक अलपत्र रहेको छ। समिति शीर्ष नेताको सहमतीको बाटो कुरेर बसेको छ भने शीर्ष दलका नेताहरु आ–आफ्नै अडानमा अडिक छन्।

प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाबीचमा केही दिनअघि बालुवाटारमा ‘वान टु वान’ वार्तासमेत भएको थियो। उक्त वार्तामा एमाले अध्यक्ष ओलीले उक्त विधेयक पारित गर्नका लागि केही शर्त अघि सारेका थिए। दुई नेताका बीचमा लामो कुराकानी भएपछि सहमति भएन।

सत्ता गठबन्धनभित्र रहेको नेपाली कांग्रेस, एकीकृत समाजवादी तयार भए पनि प्रतिपक्ष तयार नभएपछि समितिमा छलफल हुन नसकेका हो। २०८० असोज २३ गते बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयकमा सहमति जुटाउन गठित उपसमितिले आफ्नो प्रतिवेदन बुझाएको थियो।

उप–समितिले चार महिना लगाएर केही विषय शीर्ष नेतालाई जिम्मा दिँदै विधेयकको प्रारम्भिक समितिको खाका बुझाएको थियो। उप–समितिले प्रतिवेदन बुझाएको तीन महिनासम्म पनि मूल समितिले विधेयक टुङ्गाउन सकेको छैन।

समितिले बल्लमात्र उक्त विधेयकमा गम्भीर छलफल सुरु गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्ता गठबन्धनका शीर्ष नेताहरुले हिउँदे अधिवेशनमा सहमतिमै विधेयक पारित हुने सार्वजनिक मन्तव्य दिइरहँदा विधेयक भने समितिमै रुमल्लिएको हो। कानुन न्याय तथा मानवअधिकार समितिले जेठ ५ गते उपसमिति बनाएको थियो। करिब ७ महिनादेखि यो प्रक्रियामा आक्कल झुक्कल छलफल हुने अनि थाती रहने हुँदै आएको छ।

प्रतिवेदनमा चारवटा विषयमा भने थप छलफलबाट टुंगोमा पुग्नुपर्ने भनेर राखिएको थियो। उक्त चार बुँदामा मानवअधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रुपमा क्रुरतापूर्वक (आर्बीट्ररी) गरिएको हत्या र दोहोरो भिडन्त बाहेक गरिएको हत्यामध्ये कुन समावेश गर्ने भन्ने टुंग्याउन बाँकी रहेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गर्ने, मानवअधिकारको उल्लंघनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने र घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत तोकेर जाने भन्ने पनि थप छलफल गरेर टुंग्याउनुपर्ने उपसमितिले सुझाएको थियो। 

तर यी कुरामा दलहरुकाबीचमा कुरा नमिल्दा विधेयक अघि बढ्न नसकेको र सहमतिको प्रयास चलिरहेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। समिति र शीर्ष तह दुवैतिरबाट सहमतिको प्रयास भइरहेको र अब हिउँदे अधिवेशनअघि टुङ्गिने विश्वास रहेको बताए।

सरकारले हिउँदे अधिवेशन माघको १८ गतेबाट बोलाउने तयारी गरेको छ। यसअघि उक्त विधेयक टुङ्गाउने छलफल मानव अधिकार समितिले पनि सुरु गरेको छ। मानव अधिकार समितिकी सभापति विमला सुवेदीले यो विषय लामो समयदेखि विचाराधीन भएको र महत्त्वपूर्ण विषय पनि भएकाले निरन्तर छलफल गरेर टुङ्गाउन चाहेको बताइन्।

यसका लागि सबै दल, शीर्ष नेता र सांसदहरु तयार हुनुपर्ने उनले बताइन्। उनले यो विधेयक राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमासमेत चासोका साथ हेरिएकाले सकेसम्म सहमतिमै टुङ्गाउने आफ्नो प्रयास हुने बताइन्।

समितिले छलफलसमेत सुरु गरिसकेको छ। समितिले गत शुक्रबार कानुनमन्त्री धनराज गुरुङलाईसमेत छलफलमा बोलाएको थियो।  ‘पहिलो छलफलले केही आकार लिएको छ। अब हुने छलफलले सहमतिमै टुङ्गाउन सकिन्छ भन्ने विश्वास बढेको छ,’ सभापति सुवेदीले भनिन्, ‘अर्को बैठकको मिति तय भएको छैन। सांसदहरु चाडपर्व भएका कारण उपत्यका बाहिर हुनुहुन्छ फर्केपछि वैठक राखेर छलफल अघि बढाउँछु। यसलाई जतिसक्दो छिटो टुङ्गाउने मेरो प्राथमिकता छ।’

प्रक्रियाबाट अघि बढ्ला?  
सत्ता गठबन्धन सहमति हुन नसकेमा अब प्रक्रियाबाटै विधेयक टुङ्गोमा पुर्‍याउने मनसायमा रहेको छ। नेकपा एमाले सहमतिमा नआएमा सत्ता गठबन्धनले दुवै सदनमा बहुमतले पारित गर्ने सोच बनाएको छ। यो अधिवेशनमा जसरी पनि विधेयक पारित गर्नुपर्ने भएकाले केही समय एमालेलाई पर्खिने र साथ नपाएमा अधिकतम सहमति जुटाएर अघि बढ्ने समितिको तयारी छ।

मानवअधिकार समितिको सभापति माओवादीले पाएकाले विधेयक अघि बढाउन सकिने निष्कर्षमा सरकार रहेको छ। 

प्रक्रियामै जानुपर्ने एमालेको तर्क 
एमाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा विगतभन्दा केही नरम देखिएको छ। शीर्ष नेताको बैठक र संसदीय समितिमा उसको प्रस्तुतिले त्यही देखाइरहेको छ।

एमाले सकेसम्म सहमति र यदि हुन सकेन भने प्रक्रियाबाटै भएपछि विधेयक अब टुङ्गाएर संसद्‌मा पेस गर्नुपर्ने पक्षमा आवाज राख्दै आएको छ। नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले विधेयकका असहमतिका विषयमा सहमतिमा टुङ्ग्याउन सकिने र सकिएन भने प्रक्रियाबाट पनि निष्कर्षमा पुर्‍याउनुपर्ने बताए। 

‘विधेयकका असहमतिका विषय सहमतिमा टुङ्ग्याउन सकिन्छ भने कोसिस गरेर टुङ्गाउनुपर्छ,’ उनले भने,  ‘यदि सहमति भएन भने विधेयक निर्माणको आफ्नै प्रक्रियामा अघि बढाउनुपर्छ। सांसदहरुले आफ्नो राय दिएर पठाउँछन्।’ उक्त विधेयकमा सत्य पत्ता लगाउने, न्याय, परिपूरण र सजायका विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ। 

९ वर्षदेखि अल्झिरह्यो विधेयक 
सरकारले पहिलो पटक २०७१ माघ २७ गते द्वन्द्वकालीन मुद्दाको सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको थियो। २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा र अन्तरिम संविधानमा ६ महिनाभित्र संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाको छानबिन गर्न आयोग गठन गर्ने भनिएको थियो। 

सोही आधारमा टेकेर ७ वर्षपछि ऐन बनाउन सुरु भएको थियो। यो प्रक्रिया २०८० सम्म चलि नै रहेको छ। यसबीचमा सरकारले ऐन जारी गर्ने आयोग बनाउने अनि पदाधिकारी नियुक्त गर्ने गरेको छ भने अदालत, अन्तर्राष्ट्रिय समुदाय र पीडितले त्यसलाई अस्वीकार गर्ने गोलचक्कर पनि चलि नै रहेको छ।

२०६८ भदौ ११ मा बाबुराम भट्टराई नेतृत्वको सरकार गठन भएसँगै द्वन्द्वकालीन मुद्दा अदालत पुग्न र अन्तर्राष्ट्रियकरण हुन थालेपछि दलहरुले छानबिन आयोग गठनका लागि विधेयक मस्यौदाको तत्परता देखाएका थिए। तर विधेयकले कानुनी रुप लिएसँगै सर्वोच्च अदालतमा मुद्दा पर्‍यो र अन्तर्राष्ट्रिय मानवअधिकारको मर्मअनुकूल नभएको भन्दै खारेज भयो।

सर्वोच्चको आदेश अनुरुप २०७० मा नयाँ विधेयक निर्माण भयो, ऐन पनि जारी गरियो। सोही ऐनअनुरुप २०७१ माघ २७ मा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरुको अवस्था छानबिन गर्न दुई बेग्लाबेग्लै आयोग गठन भयो। त्यसअघिको कानुनमा यी दुवैलाई मिसाएर एउटै आयोग प्रस्तावित थियो।

राजनीतिक खिचातानीका कारण आयोग गठनको प्रक्रिया अवरुद्ध बनेपछि ८ वर्षमा आयोग गठन भएको थियो। आयोग त गठन भयो तर नियम नबनाइदिएर सरकारले १४ महिना दुवै आयोगलाई निष्क्रिय बनायो। ऐनमा आयोगको समयावधि दुई वर्ष तोकिए पनि नियमावलीको अभावमा एक वर्षभन्दा बढी समय त्यत्तिकै बित्यो। १४ महिनापछि मात्र नियमावली बन्यो। २०७३ बैशाखदेखि उजुरी संकलन थालेको आयोगको म्याद २०७३ माघमै सकियो।

त्यसपछि एक वर्षको अवधि थप भयो। आयोगहरुले पीडितको उजुरी लिन थालियो सत्य निरुपण आयोगमा ५८ हजार र बेपत्तामा ३ हजारको संख्यामा  उजुरी दर्ता भयो। आयोगका उजुरी दर्ता भएर सामान्य छानबिन चलिरहँदा आयोगको क्षेत्राधिकारदेखि ऐनमा केही समस्या भएको भन्दै पुनः विवाद उत्पन्न भयो।

अधिकारकर्मी तथा पीडितहरुले दोस्रो मुद्दा सर्वोच्च पुगे। सर्वोच्चले कानुन संशोधन गरेर मात्र प्रक्रिया अगाडि बढाउन आदेश दियो। सरकारले सर्वोच्चको आदेशअनुरुप कानुन संशोधन नगरेका कारण शान्ति प्रक्रियाको यो महत्वपूर्ण कार्यभार पुनः अवरुद्ध भएको छ।

२०७१ फागुन १४ मा सर्वोच्चले ऐनका केही व्यवस्था निष्क्रिय हुने आदेश दिएपछि संशोधन हुनुपर्ने ऐन अहिलेसम्म रोकिएको छ। हरेक नयाँ सरकार गठनसँगै यो विषय उठे पनि कानुन संशोधन हुन सकेको छैन। हाल आयोग रहेको छ तर पदाधिकारी छैनन । नयाँ पदाधिकारी नियुक्तीका लागि पनि सरकारले विधेयक पहिला टुङ्गाउनुपर्ने दबाब रहेको छ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : महासचिव पोखरेल
मन्त्रिपरिषद् बैठक बस्दै
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
सम्बन्धित सामग्री
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : महासचिव पोखरेल उनले राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखा पर्न थालेको भन्दै प्रधानन्यायाधीश सिफारिसप्रति संकेत गर्दै पोखरेलले क... सोमबार, वैशाख २८, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । सोमबार, वैशाख २८, २०८३
काँग्रेसले आज सुर्खेतमा प्रदेशस्तरीय भेला गर्दै सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा काँग्रेसले मध्यान्हदेखि दुई दिने प्रदेशस्तरीय भेला सुरु गर्न लागेको हो । सोमबार, वैशाख २८, २०८३
ताजा समाचारसबै
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : महासचिव पोखरेल सोमबार, वैशाख २८, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
काँग्रेसले आज सुर्खेतमा प्रदेशस्तरीय भेला गर्दै सोमबार, वैशाख २८, २०८३
रिहा भए थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय आइतबार, वैशाख २७, २०८३
एसइईको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक, कसरी हेर्न सकिन्छ ? (सूचनासहित) आइतबार, वैशाख २७, २०८३
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ आइतबार, वैशाख २७, २०८३
अभ्यास खेलमा आज अमेरिकासँग अन्तिम खेल खेल्दै नेपाल ‘ए’ सोमबार, वैशाख २८, २०८३
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्