• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

रोल्पाका विकट गाउँमा बिजुली बल्यो 

64x64
नेपाल लाइभ सोमबार, माघ २२, २०८०  १०:५१
1140x725

रोल्पा– रोल्पाका दुई विकट गाउँमा बिजुली बलेको छ। सुनछहरी गाउँपालिका वडा नम्बर–३ र वडा नम्बर–४ मा राष्ट्रिय प्रसारण प्रणालीबाट बिजुली पुगेको हो।

३३ केभी प्रसारण लाइनमार्फत वितरण उक्त बिजुलीले दुवै गाउँमा गरी १ हजारभन्दा बढी घरमा विद्युत सेवा पुग्ने नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रले जनाएको छ।

माओवादी केन्द्रका उप–महासचिव एवं पूर्वऊर्जामन्त्री वर्षमान पुन अनन्तले स्वीच दबाएर विद्युतीकरणको औपचारिक उदघाटन गरे।

गाउँमा उज्यालोसँगै नयाँ विकास, नयाँ सभ्यता र नयाँ संस्कार आउने बताए। गाउँमा बिजुली आएसँगै दैनिक जनवीजनका धेरै काममा सहजता आउने तथा स्थानीय उद्योग स्थापना गर्न सकिने उनको भनाइ थियो।

‘यसअघि गाउँमा बाटो आयो, सहरको सामान सस्तोमा गाउँ आउन थाल्यो। गाउँमा उत्पादन भएका अन्न, तरकारी र फलफूल बजार जान थाले’, उनले भने, अहिले बिजुली आयो अब विद्यार्थीलाई टुकी बालेर पढ्नुपर्दैन। दाउरा वा ग्यासमा खाना पकाउनुपर्दैन अब बिजुलीबाटै खाना पकाउन सकिन्छ। घरमै मोबाइल चार्ज गरेर आफन्तसँग मज्जाले कुरा गर्न सकिन्छ।’

पुनले राजनीतिककर्मी र राज्य सञ्चालनको भूमिकामा रहेकाहरुले साधन श्रोतको समुचित वितरणमार्फत देशका सबै क्षेत्रमा सन्तुलित र समानुपातिक विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

विकासका काममा अतिराजनीतिकरणको समस्या देखिएको भन्दै उनले दल र विचार फरक भए पनि विकासका काममा गाउँदेखि राष्ट्रिय स्तरसम्म समान धारणा र समझदारी हुनुपर्नेमा जोड दिए।

‘पार्टी फरक हुन सक्छ। विचार फरक हुन सक्छ। तर, विकासको फल सबैले पाउनुपर्छ। सबै पार्टी मिलेर आफ्नो ठाउँ देशकै विकास गर्नुपर्छ’, उनले भने, ‘गाउँमा विकास भएन भने माओवादी, काँग्रेस, एमाले सबैलाई असुविधा हुने हो। म माओवादीका तर्फबाट निर्वाचित सांसद हुँ। मेरो पहलमा भएको विकासको प्रतिफल जिल्लामा भएका सबै राजनीतिक दलका नेता कार्यकर्ता र मतदाताले निर्वाध उपयोग गर्ने भएकाले विकासका काममा राजनीति गर्नुहुँदैन। किनकी जति पनि सडक, बिजली, सञ्चार र खानेपानीका क्षेत्रमा काम भएका छन् ती सबै राज्यको श्रोतबाट भएका हुन।’

Ncell 2
Ncell 2
nimb
nimb

गाउँमा सडक, बिजलुी, खानेपानी, सिंचाईको व्यवस्था गर्ने तथा शैक्षिक संस्थाको गुणस्तर सुधार गर्ने नेताहरुको जिम्मेवारी र कर्तव्य भएको उनको भनाइ थियो। 

पुनले आफू ऊर्जामन्त्री हुनुअघि जिल्लामा २० प्रतिशत मात्र विद्युतीकरण भएको उल्लेख गर्दै अहिले ८० प्रतिशत घरहरुमा विद्युतीकरण पुगेको बताए। बाँकी २० प्रतिशत घरहरुमा पनि आगामी डेढदेखि २ वर्षभित्र बिजलुी पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको जानकारी उनले दिए। एसिएन इन्फ्रा स्टक्चर बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकबाट ऋण र सहयोग लिएर रोल्पामा विद्युतीकरणको काम अघि बढाएको पुनले बताए।

नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख अषेश्वर साहले रोल्पामा विद्युतीकरणको काम तीव्र गतिमा भएको बताए। एसिएन इन्फ्रा स्टक्चर बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकका दुई आयोजनामार्फत जिल्लाका सुनछहरी, लुंग्री, सुनिल स्मति, थवाङ, गंगादेव र परिवर्तन गाउँपालिका तथा रोल्पा नगरपालिकाका विभिन्न वडाहरुमा विद्युतीकरणको प्रक्रिया अघि बढेको जानकारी उनले दिए।

केही महिनाको बीचमा लुंग्री गाउँपालिकाको वडा नम्बर–१,  रुण्टीगढी गाउँपालिकाको वडा नम्बर १ र ८, थवाङ गाउँपालिकाको वडा नम्बर–३, गंगादेव गाउँपालिकाको वडा नम्बर– १ र ३ माडी गाउँपालिकाको वडा नम्बर–१ र २, त्रिवेणी गाउँपाकिलाको वडा नम्बर– ६ मा बिजुली बालिएको जानकारी साहले दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘बाँकी २० प्रतिशत स्थानमा आगामी दुई वर्षभित्र बत्ती बाल्ने र जिल्लालाई उज्यालो बनाउने गरी काम भइहरेको छ’, उनले भने, ‘बिजुलीका पोलहरु ठाउँठाउँमा झार्ने काम सुरु हुँदैछ।’ भौगोलिक विकटता तथा बस्तीमा छरिएर रहेका घरहरुका कारण सहरी वा तराई क्षेत्रमा जस्तो पहाडी क्षेत्रमा छिटो विद्युतीकरण गर्न असहज हुने अनुभव साहले सुनाए।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १०:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल–३ : सुदूरपश्चिमको ब्याटिङ ध्वस्त, १० ओभरमै ७ विकेट पतन
एनपीएल–३ : पहिलो पावर प्लेमा सुदूरपश्चिमको चार विकेट पतन, गत फाइनलको झल्को
सुदूरपश्चिमले लगातार दुई विकेट गुमायो, लुम्बिनीलाई मल्ल र महतोले दिलाए सफलता
सम्बन्धित सामग्री
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैंकका खातामा आज बिहान ९:०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब नौ करोड... सोमबार, कात्तिक ९, २०८३
सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो । सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास कारोबार भइरहेको छ । पछिल्लो एक सातामा यसको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
एनपीएल–३ : सुदूरपश्चिमको ब्याटिङ ध्वस्त, १० ओभरमै ७ विकेट पतन सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : पहिलो पावर प्लेमा सुदूरपश्चिमको चार विकेट पतन, गत फाइनलको झल्को सोमबार, कात्तिक ९, २०८३
सुदूरपश्चिमले लगातार दुई विकेट गुमायो, लुम्बिनीलाई मल्ल र महतोले दिलाए सफलता सोमबार, कात्तिक ९, २०८३
एनपीएल: सुदूरपश्चिमविरुद्ध लुम्बिनीले टस जित्यो, पहिला फिल्डिङ गर्दै सोमबार, कात्तिक ९, २०८३
एनपीएलको तेस्रो संस्करणको पहिलो खेलमै उपाधि प्रतिस्पर्धी आमनेसामने सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्