काठमाडौं– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ। आज बिहान साढे ८ बजेदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो।
संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरुका सम्बन्धमा छलफल गर्न संसदीय दलको बैठक बसेको हो।
आजदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ। सरकारले मन्त्रिपरिषद्बाट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।