काठमाडौं- राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते हुने प्रस्ताव गरिएको छ। राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिले शुक्रबार स्वीकृत गरेको राष्ट्रिय सभाको सम्भावित कार्यतालिका अनुसार २९ गते अध्यक्षको निर्वाचन गर्ने प्रस्ताव गरिएको छ।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि फागुन २० गते सकिँदैछ। त्यसपछि निर्वाचनबाट अध्यक्ष चुनिन लागेको हो।
प्रस्तावित कार्यतालिका अनुसार २२ गते संघीय संसद्को अधिवेशन बोलाएपछि माघ महिनामा ४ वटा बैठक बस्नेछ। माघमा २२, २४, २८ र २९ गते बैठक बस्नेछ।
त्यसपछि फागुनमा ९ वटा बैठक बस्नेछ। फागुन ६, ११, १४, १७, १८, २१, २७, २९ र ३० गते बैठक बस्नेछ। फागुन ३० गते समितिका सभापतिहरु चयन गर्ने कार्यसूची रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।