काठमाडौं– नेकपा एकीकृत समाजवादीको युवा संघको केन्द्रीय सचिवालय सदस्यमाथि अज्ञात समूहद्वारा आक्रमण भएको छ।
रोल्पाको त्रिवेणी गाउँपालिका–४ घर भइ हाल तनहुँको आबुखैरेनीमा बस्दै आएका सचिवालय सदस्य मगरमाथि तीन/चार जनाको समूहले उनलाई आक्रमण गरेको हो।
कसले र किन आक्रमण गर्यो भन्नेबारे केही थाह नभएको उनले बताए। आफूविरुद्ध भएको आक्रमणको बारेमा प्रहरीलाई जानकारी गराएको र प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ।
आबुखैरनीमा बेलुका साढे ७ बजेतिर बाटोमा हिँडिरहेका बेला उनीमाथि अज्ञात समूहले आक्रमण गरेको हो। युवा संघले आफ्ना सचिवालय सदस्यमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीको खोजी गरी कारबाहीका लागि माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।