दाङ- एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लोकतन्त्रको रक्षाका लागि गठवन्धनको आवश्यकता अझै रहेको दावी गरेका छन् । दाङको लमहीमा भएको क्षेत्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो दावी गरेका हुन् ।
अध्यक्षले नेपालको लोकतन्त्र रक्षाका लागि गठवन्धन बनेको भन्दै यो लामो समय जानुपर्ने आवश्यकता रहेको र जाने पनि दावी गरे । उनले सत्ता गठवन्धनका विचमा भएको सहमती अनुसार प्रधानमन्त्रीमा सवैको पालो आउने भन्दै सहमतीको पालना हुने कुरमा शंका गर्न नहुने बताए । उनले प्रमुख प्रतिपक्ष नेकपा एमालेवाट लोकतन्त्रमाथि खतरा रहेको आरोप पनि लगाए । एमालेवाट खतरा भएका कारण लोकतन्त्रवादीहरु एकजुट भएर सजग हुनुपर्ने नेपालको तर्क थियो । नेपालको लोकतन्त्रको रक्षाका लागि अझै पनि सत्ता गठवन्धनका दलहरु मिलेर र एकता कायम राखेर जान जरुरी रहेकोमा नेपालले जोड दिए ।
त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै एकिकृत समाजवादीका सांसद एवं पूर्वमन्त्री मेटमणी चौधरीले माधव नेपालको पालोमा विगतमा पनि धेरै काम भएकाले अवको पालोमा पनि जनताको पक्षमा काम हुने दावी गरे ।
उनले २०५१ सालमा नेपालकै नेतृत्वमा लोक कल्याणकारी काम शुरु भएको दावी गर्दै २०६६ सालमा हुलार्की राजमार्ग, मध्यपहाडाी राजमार्ग र ठुला सिचाईको कार्यक्रम नेपालकै पालामा शुरु भएको दावी गरे । उनले अव ९ महिना पछि नेपाल प्रधानमन्त्री वन्दा देशमा शुसासन बन्ने अपेक्षा रहेको दावी गरे ।
कार्यक्रमा विभिन्न दल त्याग गरेर हजारौ कार्यकर्ता एकिकृत समाजवादीमा प्रवेश गरेको सांसद चौधरीले बताए । एमाले नेता टोपेन्द्रबहादुर केसीको नेतृत्वमा उक्त पार्टीमा रहेका नेता तथा कार्यकर्ता र प्रशान्त चौधरीको नेतृत्वमा माओवादी छोडेर कार्यकर्ताहरु एकिकृत समाजवादी प्रवेश गरेको उनले दावी गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।