काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले दोलखाको जिरीमा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। जिरीस्थित सामाजिक सेवा केन्द्रको सभाहलमा शुक्रबार बिहान १० बजेदेखि प्रशिक्षण कार्यक्रम सुरु भएको छ।
शेर्पालुङ राष्ट्रिय समन्वय समितिको आयोजनामा गर्न लागिएको दुई दिवसीय प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी सदस्य एवम् सङ्गठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं बागमती प्रदेश समिति इन्चार्ज सुशीला श्रेष्ठ लगायतले प्रशिक्षण दिनेछन्।
यस अवसरमा शेर्पालुङ राष्ट्रिय समिति (बागमती प्रदेश) पुनर्गठन हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।